सिन्धुली – सुनकोशी गाउँपालिकमा सुरक्षित नागरिक आवास कार्यक्रम संचालन हुने भएको छ । पराल वा खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनी ल्याउने उदेश्यले सुरक्षित नागरिक आवास कार्यक्रम संचालन हुन लागेको हो ।
नेपालको संबिधान मौलिक हक अन्र्तगत आवासको अधिकार सम्बन्धी ऐन २०७५ बमोजिम सुरक्षित र वातावरण मैत्री आवासको अधिकारको सम्मान , संरक्षण तथा परिपुर्ति गर्न गरिबको रेखामुनी रहेका, प्रकोपका कारण घरबार बिहिन भएका घरपरिवारहरुले सुरक्षित आबास निमार्ण आफैले गर्न चाहेमा जस्तापाता र सहुलियत खरिदरको लागी गरिबीको रेखामुनी रहेका, पराल वा खरको छाना भएका घरपरिवारलाई जस्तापाताको छानामुनी ल्याउने गरि सुरक्षित नागरिक आवास कार्यक्रम संचालन हुन लागेको गाउँपालिकाले जनाएको छ ।
सुरक्षित नागरिक आबास कार्यक्रममा सहभागी हुनका लागी गाउँपालिका बासीले १० भित्र गाउँपालीकाको कार्यालयको प्रशासन शाखामा निवेदन बुझाउँन गाउँपालिकाले विहिबार एक सुचना निकालेर आग्रह गरेको छ ।