बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको सहकारीको नियमन गर

शुक्रवार , पौष २, २०७८

सिन्धुलीमा दुग्ध उत्पादन सहकारीले कृषकहरुसँग खरिद गरेको दुधबाट प्राप्त अनुदान कृषकलाई नदिएको भन्दै पशुपालकले दुखेसो व्यक्त गरेका छन् । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमति प्रदेशले प्रति लिटर सहकारीको सिफारिसमा किसानलाई दुई रुपैँया दिने व्यवस्था गरेपनि जिल्लाका पशुपालकले उक्त अनुदान पाउन सकिरहेका छैनन् । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि किसानलाई अनुदान दिलाउन सहजिकरण नगरेको आरोप लाग्दै आएको छ । स्थानिय सरकारको कृषि शाखाले पशुपालकको हितकालागि विभिन्न कार्यक्रमहरु संचालन गरेपनि प्रभावकारि नभएको कृषकहरुले गुनासो गरेका छन् ।

स्थानिय सरकारले अनुदानमा सहकारीलाई वितरण गरेको उपकरण प्रयोगमा आएका छैनन् । त्यस्तै, जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले पनि सहकारीमा देखिएको कमजोरीका बारेमा मौन देखिएको छ । पशुपालन व्यवसायको विकासकालागि जिम्मेवार निकाय गम्भिर नहुँदा अरु पक्ष मोटाएपनि वास्तविक कृषक भने चिन्तित बनेको अवस्था छ । तसर्थ, सहकारीको नियमन गर्न सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

जिल्लामा पशुपालकले विभिन्न समस्याहरु झेल्दै आएका छन् । स्थानिय सरकारले दिने अनुदान वास्तविक कृषकले भन्दा अन्यले पाएको आरोप लाग्दै आएको छ । त्यस्तै, प्रति लिटरको दुई रुपँैया कृषकले अनुदान पाउने प्रदेश सरकारले व्यवस्था गरेपनि कृषकले अनुदान पाउन नसक्नु जिम्मेवार निकायहरुको कमजोरि नै हो । तसर्थ, जिम्मेवार निकायले पशुपालकको हितमा काम गर्न आवश्यक छ । अतः सहकारीलाई पनि नियमन गर्न सम्बन्धित निकाय चनाखो हुनुपर्दछ ।

प्रतिक्रिया