सिन्धुलीँ — जिल्ला प्रहरी सिन्धुलीले सवारी ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई बुधबार पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको मिति २०७३।१०।११ गतेको फैसलाले दुई वर्ष सात महिना कैद तोकी हालसम्म फरार रहेका श्याम बहादुर भन्ने खेम बहादुर हमाललाई फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटि गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पुर्व) को प्रहरीसँग समन्वय गरी नवलपरासीको हात्तिसारचोक स्थितमा लुकीछिपि बसेको अबस्थामा फेला पारी प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।
उनलाई फैसला कार्यान्वयनका लागि बिहिवार अड्डासार हुँदै बिहिवार फैसला कार्यान्वयनको लागीसम्मानित सिन्धुली जिल्ला अदालतमा पेश गरेको उहाँको भनाई छ ।