सिन्धुली– सिन्धुलीमा ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेको समयमा तिनपाटन गाउँपालिका ५ तल्लो पचरंग स्थित ग्रामिण कच्चि सडक खण्डमा चकमकेबाट शाखामाडी तर्फ जाँदै गरेको लु.अ.अ.भ.१७४८ नम्बरको ट्रयाक्टरले ठक्कर दिदाँ पैदल यात्री तिनपाटन ११ परासे की ३३ वर्षिय सरिता मगरातीको मृत्यु भएको हो ।
ट्रयाक्टरको ठक्करबाट छाति र टाउकोमा चोट लागि गम्भिर घाईते भएकी मगरातीको प्राथमिक स्वास्थ्यकेन्द्र लाङपाङटारमा सामान्य उपचारपछि थप उपचारको लागि सिन्धुली ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरिक्षक (डिएसपि) मनोज कुमार लामाले बताउनुभयो । उक्त ट्रयाक्टर, चालक र ट्रयाक्टरधनीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आवश्यक कारबाहिको लागि थप अनुसन्धान भइरहेको डिएसपि लामाले बताउनुभयो ।