शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सुनकोशीमा विद्यालय भवनको उद्घाटन

बिहिवार , मंसिर २३, २०७८

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका–६, चैनपुरमा रहेको श्री पञ्चकन्या आधारभुत विद्यालयको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष दिपा दाहालले चार कोठे भवनको उद्घाटन गर्नुभएको हो ।

एसियन डेभलपेन्ट बैंकको ६८ लाख ३२ हजार चार सय ६५ रुपैँया आर्थिक सहयोगमा जिल्ला आयोजना कार्यान्वयन इकाई मार्फत भवन निर्माण सम्पन्न भएको हो । उक्त विद्यालय २०३२ सालमा स्थापना भएको थियो । उक्त कार्यक्रममा सुनकोशी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लक्ष्मी प्रसाद तिमल्सिना, गाउँपालिकाको शिक्षा शाखा प्रमुख ओम प्रसाद गौतम, राजनीतिक दलका प्रतिनिधि, स्थानिय, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया