बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीका कृषकलाई मारमा नपार

मंगलवार , मंसिर २१, २०७८

सिन्धुलीमा कृषि पेशामा लाग्नेको संख्याको ठूलो छ । कृषि क्षेत्रको विकासकालागि स्थानिय देखि केन्द्रीय सरकारले कृषकको सेवासुविधाकालागि विभिन्न कार्यक्रमहरु ल्याइरहेका छन् । देश संघियतामा गएपछि जिल्लामा कृषि क्षेत्रमा ठूलो लगानी गरिएको छ । यता, कृषकहरु भने विभिन्न तरिकाले ठगिएका छन् । एक त सरकारको अनुदान र सेवासुविधा वास्तविक कृषकले नपाएको गुनासो बढ्दो छ । अर्कोतर्फ, व्यवसायीहरुले पनि ठगिरहेको भन्दै कृषकहरुले पीडा पोखिरहेका छन् । कृषिजन्य सामाग्रीमा व्यवसायीले चर्को शुल्क लिने गरेका छन् ।

सिन्धुली र केन्द्र राजधानिको दुरी नजिक हुँदाहुदैँ पनि यातायात लगायत अन्य शिर्षकमा कृषकहरुसँग मनलाग्दी चर्को शुल्क लिने गरेको कृषकले गुनासो गरिरहेका छन् । जिल्लामा कुखुरा पालनमा बढ्दो आकर्षण छ । तर, कुखुरा पालकहरुलाई व्यवसायीले विभिन्न तरिकाबाट मारमा पारिरहेका छन् । व्यवसायीले चल्ला देखि कुखुरा विक्री गर्दा समेत मनलाग्दी दर राखेर कृषकहरुलाई ठगिरहेका छन् । तसर्थ, कृषि क्षेत्रको समग्र विकास गर्ने हो भने बजार अनुगमनलाई तिव्रता बनाउन आवश्यक छ ।

जिल्लामा कृषिको प्रचुर संभावना छ । तर, कृषकहरुलाई मारमा पारेर एउटा समूह मात्र उकासिएका छन् । तसर्थ, कृषकहरुको समस्यालाई बुझेर उनीहरुको समस्याको समाधान गर्नतर्फ स्थानिय सरकार लगायत सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ । अतः कृषकलाई मारमा पार्ने समूहको पहिचान गरि कसरी कृषकलाई राहत पु¥याउने भन्नेतर्फ जिम्मेवार निकायले आवश्यक कदम चाल्नुपर्दछ ।

प्रतिक्रिया