शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा विद्यार्थीलाई स्वयमसेवक तालिम दिदै नेपाली सेना

सोमवार , मंसिर २०, २०७८

सिन्धुली, – नेपाली सेना अन्र्तगत राष्ट्रिय सेवा दल ले जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीलाई स्वयमसेवक तालिम दिन सुरु गरेको छ । यहाँको सिद्धस्थली अंग्रेजी आवासिय उच्चमाद्यामिक बिद्यालयमा एक कार्यक्रम गरी तालिमको सुरुवात भएको हो ।

तालिममा नेपाली सेनाको बर्दबहादुर गणका सेनानी विकास आचार्यले तालिमले विद्यार्थीहरुलाई अनुशासित बनाउन सहयोग गर्ने बताउनु भयो । “राष्ट्रिय सेवा दलको तालिम प्रश्चात विद्यार्थीहरुमा सक्षम देशप्रति बफादार बनाउन सहयोग पुग्छ” उहाँले भन्नु भयो, “व्यक्तिगत रुपमा नेतृत्व क्षमताको बिकाश अनुशासन र राष्ट्रियता समेत सिक्ने अवसर तालिमले दिने छ ।” यो तालिमबाट देशलाई समेत विपद् परेको बेला स्वयम्सेवकको रुपमा परिचालन गर्ने दस्ता तयार हुन्छ, उहाँले भन्नु भयो, “अभिभावकले अनुशासित छोराछोरी देख्न पाउछन् ।”

एक सय दिनको तालिम हाल कोभिडका कारण ५० दिनमा झारिएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय सेवा दलको मध्यपुर्वी शिक्षालयद्धारा आयोजित उक्त तालिममा एक विद्यालयका ३६ जना सहभभागि हुने तालिम आयोजकले जनाएको छ । तालिममा संस्थागत तालिम ३५ दिन र सामुहिक क्याम्प १५ दिनको हुने सेनानी आचार्यले जानकारी दिनु भयो । युवाअवस्थामै देशप्रति अनुशासित र बफादार बनाउने उदेश्य सहित तालिममा विद्यार्थीलाई सहभागी गराइएको विद्यालयका सहायक प्रिन्सिपल जिवन लामाले बताउनु भयो ।

प्रतिक्रिया