सिन्धुलीमा सार्वजनिक यातायातमा मनपरि शुल्क उठाएको भन्दै यात्रुहरु आक्रोशित भएका छन् । सिन्धुलीबाट काठमाडौँको भाडा दर छ सय २५ रुपैँया भएपनि विभिन्न समितिमा दर्ता भएका सवारीसाधनले आफूखुशी यात्रुहरुसँग पैसा उठाइरहेका छन् । दशैँको बेला प्रहरीले व्यापक निगरानि बढाएपनि अहिले भने जिम्मेवार निकाय मौन बसेको अवस्था छ । काठमाडौँसम्मको यात्राकालागि यात्रुहरुले आठ सय देखि एक हजार रुपैँयासम्म तिरिरहेका छन् । घरबाट काठमाडौँसम्मको भाडा दर छ सय २५ रुपैँया भन्दा बढि लिनु स्वभाविक हो ।
तर, बसपार्कबाटै गाडी चढ्दा समेत चर्को शुल्क लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् । सिन्धुलीमात्र नभएर सिन्धुली हुदैँ विपी राजमार्गमा गुड्ने अधिकांश सवारीसाधनले चर्को भाडा लिने गरेका छन् । सिन्धुलीका विभिन्न चेकप्वईन्ट हुदैँ सवारीसाधन पास हुनुपर्ने हुन्छ । ती प्रहरी चेकपोष्टमा यात्रुहरुले भोग्नु परेको समस्याका बारेमा सोधपुछ समेत हुदैँन । चेकजाँचनै नभएपछि चर्को भाडा लिन चालक प्रोत्साहित बनेको अवस्था छ । तसर्थ, मनपरि भाडा दर कायम गर्ने यातायात समिति, सवारीसाधनका मालिक लगायत सम्बन्धित सबै पक्षलाई बोलाएर गम्भिर छलफल गर्न प्रहरीले समन्वात्मक भुमिका निभाउन जरुरी छ ।
भाडाको विषयमा जिज्ञासा राख्न खोज्दा यात्रुहरुमाथि चालकले अभद्र व्यवहार गर्ने गरेका छन् । सडकमा देखिएका यस्ता सबै समस्याको समाधान गर्न जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ । यात्रुहरुले झेलिरहनुपरेको पिडामा मलम लगाउन सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ । अतः मनपरि भाडा उठाउनेलाई पहिलो पटक सम्झाईबुझाई गर्ने र सोहि काम फेरि दोहोरिएमा कार्वाही गर्न प्रहरी हात कमाउनु हुदैँन ।