सिन्धुली, – हरिहरपुरगढी गाउपालिका वडा नं. २ बफ्फर र ४ हाकपारा जोड्ने मरिण खोलामा निर्माणहुने पक्की पुलको शनिवार शिलान्यास गरिएको छ ।
२ सय ६२ दशमलब ४० मिटर लामो मरिण खोला पुल बागमती प्रदेश सरकारको कुल १९ करोड २४ लाख ४१ हजार ८ सय १७ रूपैयाँ ६३ पैसा लागतमा निर्माण हुने उक्त पुलको बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ हाकपारामा शिलान्यास गर्नुभएको हो ।
उक्त पुलका निर्माणको ठेक्का हिम्दुङ र थोकर इम्यानुयल सारस जे.भीले पाएको छ । २०७८ साल असार २२ गते निर्माणको लागि सम्झौता गरेको निर्माण कम्पनीले २०७९ पुष २२ गते भित्र पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने छ ।
बागमती प्रदेश सरकारले आफ्नै बजेटमा निर्माण गर्न थालेको यो पुल प्रदेशकै नमुना र लामो पुलको रूपमा रहेको बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयका सचिव अशोेक शाहले जानकारी दिनुभयो ।
मरिण खोला पुल बनेपछि विशेषगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका, काभ्रे र मकवानपुरका नागरिकले सहजै सर्लाही सहित तराईका जिल्लाहरूमा आवतजावत गर्न सुविधा पाउनेछन् ।
पुल निर्माण सम्पन्न भएपछि स्थानियले उत्पादन गरेका कृषि तथा अन्य उत्पादित सामाग्री तराईका बजार सम्म पू¥याउन र तराईबाट दैनिक उपभोगय सामाग्रीहरू ल्याउन सहज हुने स्थानियको विश्वास छ ।
मरिण खोलामा पुल नहुदाँ हरिहरपुरगढी गाउँपालिकाको वडा नं. २,६,७ र ८ का नागरिक पालिकाको कार्यालय र जिल्लाको सदरमुकाम लगाएत अन्य ठाउँमा ओेहोर दोहोर गर्दा मरिण खोलामा जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् ।