बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

विलासिता भन्दा आवश्यकतालाई प्राथमिकता देऊ

शनिवार , मंसिर १८, २०७८

सिन्धुलीका स्थानिय तह अझै बारुणयन्त्रविहिन छन् । नौ स्थानिय तह मध्य दुइ नगरपालिकामा मात्र दमकलको व्यवस्था छ । आगलागीका घट्ना जुनसुकै बेला पनि हुनसक्छ । गर्मि याम तथा हावाहुरि चल्ने समयमा आगलागीबाट बढि प्रभावित हुने जिल्लामा सिन्धुली पनि पर्दछ । जिल्लामा मानविय तथा प्राकृतिक विपत्तिका कारण आगलागी भइरहेका छन् । आगलागिको घट्ना भएको खण्डमा त्यसको नियन्त्रणको पहिलो आधार भनेको दमकल हो । तर जिल्लाका स्थानिय तहमा हाल सम्म पनि दमकलको व्यवस्था छैन । केहि दिन अगाडि कमलामाई नगरपालिका ६ रातमाटामा विद्युत सर्ट भइ हार्डवेयर पसलमा आगलागि भयो । आगो निभाउन कमलामाई नगरपालिकाको दमकल आयो । एउटा मात्र दमकलले आगो निभाउन सम्भव भएन । दुधौली नगरपालिकाबाट अर्को दमकल त बोलाइयो तर आगो नियन्त्रणमा आउन सकेन । जिल्लामा दमकल नभएको कारण रामेछापबाट फेरि अर्को दमकल बोलाउनुपर्‍यो । अन्तमा तिनवटा दमकलको संयुक्त प्रयास पछि आगो नियन्त्रणमा आयो । आगो समयमा आगो नियन्त्रणमा लिन नसक्दा ६ करोड भन्दा बढी क्षेती भयो ।

त्यस्तै, दमकलको लागि दक्ष जनशक्ति नहुँदा आगलागि भएको खण्डमा तत्काल सेवा प्रभावित बनेको छ । यतिमात्र नभएर, दमकलमा खटिएका कर्मचारहिरुको सुरक्षामा स्थानिय सरकार चुकिरहेको छ । वारुणयन्त्रको प्रयोग गर्दा सुरक्षा सावधानि अपनाइनुपर्छ । तर, आगलागी भएका क्षेत्रमा पसेर आगो नियन्त्रणमा खटिने कर्मचारीहरुको सुरक्षा सावधानिमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, बारुणयन्त्रमा खटिने कर्मचारीहरुलाई निरन्तर तालिम दिन जरुरी छ । दक्ष जनशक्तिको अभावका कारण बरुणयन्त्र कहिले ढिलो पुग्ने त, कहिले बेलैमा पुगेपनि पानी निकाल्न समय लाग्ने गर्छ । पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख पशासकीय अधिकृत र नगर प्रहरीलाई समेत छुट्टा, छुट्टै चार पाङग्रे सवारी साधन छन् । तर पालिकाहरुको दमकल खरिद गर्ने योजना भने अहिलेसम्म छैन । अतः दमकलको व्यवस्था भएमा आगलागिबाट हुने धनजनको क्षेती कम हुने चेत स्थानिय सरकारमा पलाउन आवश्यक छ ।

प्रतिक्रिया