सिन्धुलीको दुधौली नगरपालिकामा मंगलबार भएको एक घट्नाले सडकमा कुद्ने सवारी साधनलाई लाग्ने करको विरोधलाई प्रकाशमा पारेको छ । दुधौलीमात्र नभएर देशका धेरैजसो स्थानिय तहमा अनावश्यक कर स्थानिय सरकारले उठाइरहेको छ । नगरपालिकाको लगानीनै नभएको सडकखण्डमा स्थानियसँग अनावश्यक कर उठाउनु जायज देखिदैँन । सडक बन्नेक्रममा अनुगमननै नगर्ने र अहिले भने राजमार्गमा आफ्नो स्वामित्व खोज्नु स्थानिय सरकारको ज्यादति नै हो । किनभने, चारवर्षको अवधिसम्म लाखौँ रकम सडकको करको नाममा नागरिकसँग उठाइएपनि मर्मतमा भने स्थानिय सरकारको चुकेको छ । तर, सो दिनको घट्नाले दलका नेता, जनप्रतिनिधिको लापर्वाही, कार्यकर्ताको कुसंस्कार, प्रविधिको गलत प्रयोगलाई पनि देखाएको छ ।
जनप्रतिनिधिबिचको टसलले अहिले सिन्धुलीको राजनितीमा चर्चा पाइरहेको छ । कहिले सडक निर्माणमा आफ्नो योग्दानले प्रश्रय नपाएको भन्ने भाव दर्शाउँदै कार्यकर्ताले चलाएको हुईँयामाथि मौन बस्नु त कहिले गलत प्रवृद्धि विरुद्धको गलत प्रक्रियाले जिल्लाको राजनितिलाई दुर्गन्धित बनाइरहेको छ । यता,स्थानिय सरकारले चारवर्षसम्म पनि नागरिकको असन्तुष्टिलाई बुझ्न नसक्नुले कस्तो नेतृत्व स्थानिय सरकारमा छ भन्ने स्पष्ट देखाउँछ ।
यता, समन्वय गरेर राजनितिलाई सफा र स्वस्थ्य प्रतिस्पर्धालाई प्रोत्साहित गर्नुपर्नेमा अनावश्यक चर्चामा ल्याउन खोज्नु चरित्र हत्या नै हो । दुधौली घट्नाले सबै पक्षप्रति नागरिकको नकारात्म भावलाई बढाएको छ । जनप्रतिनिधिको टकरावले दुई साँढेको जुधाईले वनमात्र सखाप भनेजस्तै विकासमा बाधा पुर्याउँछ । तर्सर्थ, यो घट्नालाई अनावश्यक उचाल्ने भन्दा पनि पाठ सिक्न आवश्यक छ । अस्वस्थ प्रतिस्पर्धाले दुवै पक्षलाई हानि पुर्याउँछ । त्यसैले, अब सडक कर उठाइहाले के कस्ता कार्यहरु स्थानिय सरकारले गर्ने भनेर घोषणा गर्न आवश्यक छ । त्यस्तै, घट्नाले निम्ताएका हरेक समस्याको समाधान गर्नतर्फ दुवै पक्ष लाग्न जरुरी छ । अतः अनावश्यक स्याल हुईँयया गरिराख्नु समयको खर्चमात्र हो भन्ने सबै प्रचारबाजिहरुले बुझ्न आवश्यक छ ।