शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा निर्माणाधीन सडकको काममा ढिलासुस्ती

मंगलवार , मंसिर १४, २०७८

सिन्धुली– सिन्धुलीगढी¬ सोलाभन्ज्यांग हुदैँ नागि सम्मको सडक निर्माण कार्य ढिलासुस्ती हुदाँ स्थानियले सास्ति खेप्नु परेको छ । आर्थिक वर्ष ०७७/७८ मा कालोपत्रे सहितको सडक निर्माण गर्ने भनी सम्झौता भएपनि हालसम्म ७० प्रतिशत मात्र काम सम्पन्न भएको बागमती प्रदेशसभा सदस्य विनोद कुमार खड्काले बताउनुभयो । समयमा सडक निर्माण सम्पन्न नहुदाँ स्थानिय स्तरमा उत्पादन भएको बस्तु बजार सम्म पु¥याउन समस्या भएको छ भने जोखिमपुर्ण यात्रा गर्न स्थानिय बाध्य रहेको स्थानिय समिर अधिकारीले बताउनुभयो । ‘सडक निर्माण नहुदाँ हामिले उत्पादन गरेको तरकारी लगाएतका सामाग्री बजार सम्म पु¥याउन समस्या परेको छ । बर्षाको समयमा पहिरोले बाटो अवरुद्ध हुन्थ्यो भने अहिले सुख्खा पहिरोले बाटो अवरुद्ध हुने गरेको छ ।’, उहाँले भन्नुभयो । सडक निर्माणको काम पनि गुणस्तहिन भएको उहाँको भनाइ छ । मापदण्ड विपरित सडक खोलिएको कारण पहिरो खस्ने गरेको उहाँले बताउनुभयो । वागमति प्रदेशको २१ करोड लागतमा सडक निर्माण सम्पन्न गरिने सम्झौता भएको थियो ।

बुद्धनगर चोक ¬भिमस्थान¬ चकमके–कटारी सडक खण्ड निर्माण कार्य पनि ढिलासुस्ती भइरहेको छ । आर्थिक वर्ष ०७७÷७८ मा सडक कालोपत्रे गरिने सम्झौता भएपनि हाल ४० प्रतिशत काम पनि सम्पन्न नभएको स्थानियको भनाई छ । सडक निर्माण कार्य ढिलासुस्ती हुदाँ ज्यानै जोखिममा राखेर यात्रा गर्न बाध्य भएको कमलामाई नगरपालिका ७ लुंगेलिटारका नरबहदुर बस्नेतले बताउनुभयो । ‘बर्षाको समयमा हिलो र अहिले धुलोले यात्रा गर्ने धेरै समस्या छ । ज्यानै जोखिममा राखेर यात्रा गर्नुपर्छ । सडक निर्माण कार्य सुरु भएको यतिका वर्ष भइसक्दा पनि निर्माण सम्पन्न भएको छैन । समयमा सडक निर्माण भए यात्रा गर्न सहज हुने थियो ।’, उहाँले भन्नुभयो । यता, निर्माण व्यवसायीले भने कोरोना भाइरस साथै वर्षाको कारणले सडक निर्माणको काम ढिला भएको बताएका छन् । वागमति प्रदेशको ५६ करोड लागतमा सडक निर्माण सम्पन्न हुने छ । बुद्धनगर चोक ¬भिमस्थान) चकमके–कटारी हुदै जिर्गा सम्मको सडक कालोपत्रे गरिने सांसद विनोद कुमार खड्काले बताउनुभयो ।

यस्तै, कमलामाई नगरपालिका–३ तारुफेदि देखि चपैली हुदैँ खुर्कोट जोड्ने सडक निमाणको काम पनि ढिलाइ भएको स्थानियले गुनासो गरेका छन् । आर्थिक वर्ष ०७७÷७८ मा सडक निर्माण भइसक्ने सम्झौता भएपनि सम्झौता अनुसारको काम हुनसकेको छैन् । ग्राबेल सडक बागमति प्रदेशको २१ करोड लागतमा निर्माण सम्पन्न हुने छ ।

कमलामाई नगरपालिका २ पिपलभन्ज्यांगबाट निबुवाटार हुदै घ्याङलेख गाउँपालिका सम्मको सडक निर्माण कार्य ढिलासुस्ती हुदाँ स्थानियले सास्ति खेप्नु परेको छ । गत आर्थिक वर्ष भित्र सडक निर्माण गरिने सम्झौता भएपनि सडक निर्माणले तिव्रता पाउन सकेको छैन् । सडक निर्माण नहुदाँ स्थानिय उत्पादनले बजार पाउन नसकेको स्थानियले गुनासो गरेका छन् । बागमति प्रदेशको २२ करोड लागतमा ११ मिटरको चौडाई सडक निर्माण भइरहेको छ ।

प्रतिक्रिया