बिहिवार, कार्तिक २६ गते २०८३

Thursday 12th November 2026

सिन्धुलीमा नेपाली कांग्रेसको मतगणनामा धाँधलिको आरोप

बुधवार , मंसिर ८, २०७८

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सिन्धुलीमा भइरहेको क्षेत्रिय महाधिवेशनमा धाँधलि भएको आरोप उम्मेद्वारले लगाएका छन् । वर्तमान सभापति उज्जवल बरालले आफूखुशि विजेता घोषणा गर्न खोजेको आरोप उम्मेद्वारले लगाएका छन् । केन्द्रिय महाधिवेशन प्रतिनिधिकालागि ७३२ जनाले भोट गरेपनि सात सय ४० मत भेटिएको छ । प्रदेश नम्बर २ (क) को मतगणना सकिएपनि विजेताको घोषणा गरिएको छैन । तर, महाधिवेशन प्रतिनिधि विजेता घोषणा गर्न बरालले दबाब दिइरहेको उम्मेद्वारले बताएका छन् । मतदानस्थल, बागबानि कन्दमुल तरकारी केन्द्रमा अहिले ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । मतदानस्थलमा उम्मेद्वारलाई भित्र छिर्न दिइएको छैन ।

सम्बन्धित विषय:

प्रतिक्रिया