सिन्धुलीको कमलामाई नगरपालिका ८ स्थित करकरेमा मंगलबार कुखुरा बोक्ने गाडीले मोटरसाइकललाई ठक्कर दिदाँ घट्नास्थलमै मोटरसाइकल चालकको मृत्यु भयो । विपी राजमार्गमा कुखुरा बोक्ने गाडीको गति निकैनै तिव्र हुने गरेको मोटरसाइकल चालक तथा अन्य गाडीको चालकहरुले गुनासो गर्ने गरेका छन् । रातको समयमा कुखुरा ओसारपसार गर्ने र बिना आराम गन्तव्यतर्फ पुनः फर्किदा जोखिम हुने चिकित्सकहरुले बताउने गरेका छन् । आराम नहुँदा शरिर अनियन्त्रीत हुने डाक्टरहरु बताउँछन् । तर, विपी राजमार्गमा भने एकैदिन काठमाडौँ देखि सिन्धुली हुदैँ पुर्वका जिल्ला र पुर्वका जिल्लाबाट सिन्धुली हुदैँ काठमाडौँ ओहोरदोहर गर्ने गाडीहरु थुप्रै छन् ।
सिन्धुलीमा भिमान, बुद्धनगर, नेपालथोक, खुर्कोट लगायतका ठाउँहरुमा प्रहरी चेकप्वईन्ट भएपनि एकैदिन ओहोरदोहर गरिरहने गाडीमा प्रहरीको निगरानि बढ्न सकेको छैन । कुखुरा बोक्ने गाडी मात्र नभएर यात्रु बोक्ने गाडीहरु पनि एकैदिन ओहोरदोहोर गरिरहेका हुन्छन् । चालकले विश्राम नपाउँदा थकित शरिर कहिले काठमाडौँ पुगेको हुन्छ त कहिले सिन्धुली । चालक स्वस्थ नहुँदा यात्रुको ज्यान जोखिममा पर्ने गरेको छ । तसर्थ, सवारीसाधनको सम्पूर्ण विवरण राखेर प्रहरीले निगरानि बढाउन जरुरी छ ।
विपी राजमार्गमा कुखुरा बोक्ने गाडी रफ्तारमा कुदिरहेको हुन्छ । चालकले लागुऔषध समेत प्रयोग गर्ने गरेको गुनासोहरु नआएका पनि होइनन् । राजमार्गमा कुखुरा बोक्ने गाडीबिच प्रतिस्पर्धा हुने गरेको जसले गर्दा दुर्घट्नाको जोखिम बढेको छ । तसर्थ, राजमार्गलाई सुरक्षित राख्न र दुर्घट्ना न्युनिकरण गर्न सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक छ । सडक दुर्घट्ना सिन्धुलीको मुख्य समस्या भएकाले यसको न्युनिकरणमा जिम्मेवार निकाय थप गम्भिर हुन जरुरी छ ।