सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कालिका सामुदायिक वनमा नगर क्षेत्रको फोहोर विसर्जन गरिन्छ । स्थानियको भनाई अनुसार डम्पिङ साईटको तोकिएको स्थान क्वान्द्रे खोल्सीको पुच्छारमा भएपनि खोल्सीको शिरमै फोहोरमैला विसर्जन हुदैँ आएको छ । इन्जिनियरको बदमासि हो वा नगरको दंभ, स्थानियले भने विगत केहि वर्षदेखि समस्या भोगिरहेका छन् । उक्त क्षेत्रका स्थानियले एक साताअघिनै १५ बुदेँ माग राखेर नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको थियो । तर, नगरप्रमुख पार्टीकै काममा व्यस्त भएपछि स्थानियले राखेको माग पत्रमै सिमित भएको छ । जसका कारण ल्याण्ड फिल्ड प्रभावित संयुक्त संघर्ष समितिले बाध्य भएर डम्पिङ साइटमा बिगत चार दिन देखि तालाबन्दि लगाएका छन् । समितिले डम्पिङ साइटमा ताला लगाएपछि नगर क्षेत्रको फोहोर कहाँ विसर्जन गर्ने भन्ने अन्यौलता छ । नगरको अपरिपक्व निर्णयका कारण नगर क्षेत्र दुर्गन्धित बन्ने भएको छ । तसर्थ, फोहोर व्यवस्थापनकालागि नगरले यथाशिघ्र उचित स्थान छनौट गर्ने हो वा स्थानीयसँग समन्वय गरी उठेका मागहरुको सम्बोधन गरी सोहि स्थानमा संचालन गर्ने भन्नेमा निर्णय लिन जरुरी छ ।
फोहोर व्यवस्थापन सम्बन्धि सम्पूर्ण अधिकार स्थानिय निकायलाई तोकिएको छ । फोहोरमैला व्यवस्थापनको चारवटा चरण प्रक्रिया छन् । त्यसमा, श्रोत, उत्सर्जन, संकलतन तथा ढुवानी, प्रसोधन तथा पूर्ण प्रयोग हेन सामान छुटाउने र अन्त्यमा बाँकी रहेको फोहोरको बिसर्जननै फोहोरमैला व्यवस्थापनको चरण हुन् । फोहोरलाई श्रोत मै वर्गिकरण गरी, धेरै भन्दा धेरै स्थानहरुको फोहोर संकलन गरी, पूर्ण प्रयोगमा आउन सक्ने वस्तुलाई छुट्टाएर बाँकी रहेको वस्तुहरु मात्र डम्पिङ साईटमा विसर्जन गर्नु पर्ने हुन्छ । देशका अन्य स्थानिय तहमा जस्तै कमलामाई नगरमा पनि फोहोरमैला व्यवस्थाले महत्व पाएको देखिदैँन । त्यस्तै, ठाउँ अनुसार डस्टबिन राख्नुपर्नेमा आफूखुशी जथाभावि डस्टबिन राखिएको छ । जसका कारण धेरै डस्टबिन रित्तो छन् भने केहि डस्टबिनमा फोहोर नअटेर बाहिरै फ्यालिएको छ । त्यस्तै, फोहोरको वर्ग नछुटाई एकमुष्ठ एक ठाउँमा संकलन गर्दा गन्हाउने लगायत वातावरण प्रदुषणको समस्या देखिएको छ ।
फोहोर व्यवस्थापनमा विज्ञानले महत्वपुर्ण भुमिका खेल्छ । विज्ञानलाई नजरअन्दाज गर्दै फोहोर संकलन गर्ने हो भने त्यस्ले मानविय तथा सम्पूर्ण जैविक प्राणीमा असर गर्दछ । तसर्थ, नगरको वातावरण शाखाले पुनः यस विषयको विस्तृत अध्ययन गर्नुपर्ने आवश्यक देखिन्छ । त्यस्तै आवश्यक पर्दा फोहोरमैलाको व्यवस्थापन गर्न विज्ञसँग समन्वय गर्न नगरले कञ्जुस्याईँ गर्नुहुदैँन । अतः फोहोर व्यवस्थापनका लागि कमलामाई नगरपालिकाले गम्भिर भएर यथाशिघ्र समस्याको समाधान खोजि गरि आवश्यक प्रक्रिया तु संचालन गर्न जरुरी छ ।