सिन्धुलीको विपी राजमार्गमा केहि समयअघि मोटरसाइकलले गाडीलाई ठक्कर दिएको घट्नाले सडकको ठगि धन्दालाई उजागर गरेको छ । मोटरसाइकल चालककै गल्ति भएपनि गाडी मालिकले मोटरसाइकल चालकसँग झण्डै डेढ लाख मागे । जबकि उक्त गाडीको मर्मत खर्च झण्डै १० देखि १५ हजार रुपैँया मात्र लाग्ने गाडी वर्कसपले बताएको छ । गाडी चालक लचिलो नहुँदा अहिले पनि ठक्कर दिने मोटरसाइकल एक सातादेखि प्रहरी कार्यालयमै छ । प्रहरीले यस्ता घट्नामा सक्रियता नबढाउने हो भने सडकको ठगि धन्दाले प्रोत्साहन पाईनै रहन्छ । यतिमात्र नभएर प्रहरी प्रति नागरिकको विश्वासनियता पनि घट्ने देखिन्छ । मोटरसाइकल र गाडी ठक्करको यो घट्ना त एउटा प्रतिनिधि घट्नामात्र हो । यस्ता कैयौँ घट्नाहरु छन् जहाँ साना तथा ठूला गाडीका मालिकहरु ठगिएका छन् । तसर्थ, प्रहरीले सडकको ठगि धन्दालाई निरुत्साहित पार्न थप गम्भिर हुन आवश्यक छ ।
सिन्धुलीमा सडक दुर्घट्नाको जोखिम बढ्दो छ । दैनिक जसो साना तथा ठूला दुर्घट्नाहरु भईरहन्छ । मानविय तथा प्राविधि त्रुटिका कारण दुर्घट्ना हुनु स्वभाविक हो । तर, जानाजान नगरेको दुर्घट्नामा एक पक्षलाई दबाब दिनु अस्वभाविक देखिन्छ । अतः सडकमा देखिने यस्ता प्रवृद्धिको अन्त्य गर्न यातायत व्यवसायी, प्रहरी लगायत सम्बन्धित निकायले महत्वपुर्ण भुमिका खेल्न जरुरी छ ।