बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीगढी विजय उत्सवलाई राजनीतिकरण नगरौं

बुधवार , कार्तिक २४, २०७८

कप्तान किनलोकन नेतृत्वको अंग्रेज फौजलाई हराई वीरता कायम गरेको स्मरण स्वरुप कार्तिक २४ गतेलाई २०६७ सालबाट नेपाल पत्रकार महासंघ सिन्धुलीले सिन्धुलीगढी विजय उत्सव मनाउन थालनी गरेको थियो । स्थानीय तहको निर्वाचन पश्चात २०७४ देखि कमलामाई नगरपालिकाले वियज उत्सव आयोजना गरिरहेको छ । विजय उत्सव मनाउन थालेको १० औं बर्ष सम्म विभिन्न सरकारी निकायका प्रमुख वा प्रतिनिधि अथवा कुनै गैर राजनीतिक व्यक्तिको उपस्थितिमा कार्यक्रम हुने गरेको थियो । तर यस वर्ष कमलामाई नगरपालिकाले पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका महासचिव ईश्वर पोख्रेललाई प्रमुख अथिति बनाउने निर्णय गरेको छ । नगरको यस निर्णयलाइ लिएर नागरिक स्तरबाट विरोध सुरु भएको छ । सामान्य मेला, महोत्सव वा सम्बन्धित पार्टीको कार्यक्रममा पार्टीको केन्द्रिय नेतृत्वबाट प्रमुख अथिति हुन्छ तर नेपालको ऐतिहाँसिक धरोहर सिन्धुलीगढीमा एक पार्टीको नेतालाई कार्यक्रमको प्रमुख अथिति बनाउनु उचित हुदैन ।

नगरप्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाको बजेट खर्च गरेर आफ्नो राजनीतिक करिअरमा बनाउन थालेको प्रष्ट देखिन्छ । नगरप्रमुख खत्री पार्टी नफुट्दा माधव नेपाल पक्षमा रहेका थिए । जब पार्टी फुट्यो त्यसपछि खत्रीले नेकपा एमाले पार्टी नै रोजे । तर पार्टीमा केपी ओली पक्षमा खासै राम्रो सम्बन्ध रहन सकेको छैन । यहि सम्बन्ध सुधार्न पार्टीको महासचिवलाई ऐतिहाँसिक सिन्धुलीगढी विजय उत्सवको प्रमुख अथिति बनाउन लागेको आंकलन पनि गर्न सकिन्छ । पूर्व मन्त्रीबाट नै उत्सव उद्घाटन गर्ने हुँदा जिल्लाका नै पूर्व मन्त्रीलाई बोलाईएको भए पनि हुन्थ्यो अथवा जिल्लाको संघीय सांसद वा प्रदेश सांसदलाई प्रमुख अथिति बनाउदा पनि त हुन्थ्यो । सांसद वा पूर्व मन्त्रीको हैसियतमा इ्रश्वर पोख्रेललाई नै किन ? इश्वर पोख्रेल काठ्माडौँबाट निर्वाचित सांसद हुन् ।

ऐतिहाँसिक सिन्धुलीगढी विजय उत्सवमा विभिन्न समय कालखण्डमा सामान्य तरीकाबाट मनाईए पनि कुनै एक पार्टीको नेतालाई मुख्य आर्कषक वनाएर मनाईएको इतिहास छैन । यहि इतिहाँस कायम राख्न जरुरी छ । ऐतिहाँसिक सिन्धुलीगढी विजय उत्सवलाई राजनीतिक करण नगरियोस् ।

प्रतिक्रिया