शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा टाटासुमो दुर्घटना हुदाँ १० जना घाइते

आइतवार , कार्तिक २१, २०७८

सिन्धुलीमा टाटासुमो दुर्घटना हुदाँ १० जना घाइते भएका छन् । धनुषाबाट काठमाडौँ जादै गरेको ना १ ज ८७३८ नम्बरको टाटासुमो विपि राजमार्ग स्थित कमलामाई नगरपालिका २ पिपलभन्जाङ नजिक दुर्घटना हुदाँ चालक सहित १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सुमो आफै अन्त्रित भइ सडक बाट ३० मिटर तल खसेको थियो । घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । घाइते मध्य ३ जनाको अवस्था गभिर रहेको उहाँको भनाइ छ। सुमोमा चालक सहित १० सवार थिए ।

यो पनि

सल्यानमा बस दुर्घटना, आठजनाको मृत्यु, १८ घा इते

काठमाडौं २१ कात्तिक- सल्यानमा यात्रुवहाक बस दु र्घटना हुँदा आठजनाको मृत्यु भएको छ । १८ जना घा इते छन् । आइतबार बिहान करिब ११ बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना२ख २५५२ नम्बरको बस सल्यानको कपुरकोट गाउँपालिका–५, खारखोला भन्ने स्थानमा दु र्घटना भएको हो । घा इतेलाई उ द्धार गरी उ पचारका लागि विभिन्न अस्पताल पुर्‍याइएको सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए । उनले बसमा २६ जना सवार रहेको प्रारम्भिक सूचना आएको बताए । घ टनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया