शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

प्रधानमन्त्री देउवाको बेलायतमा बेइज्जत (यस्तो भएछ भिडियो हेरौँ)

बिहिवार , कार्तिक १८, २०७८

प्रधानम्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा बेलायत भ्रमणबाट आज स्वदेश फर्किनुभएको छ । विश्व जलवायु सम्मेलन (कोप–२६) मा उपस्थित हुन बेलायत पुग्नु भएको देउवाको एक भिडियोले अहिले चर्चा बटुलिरहेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँगको भेटमा देउवाले गेस्चर मिलाउन नसक्दा कार्यक्रमस्थल हाँसोले गुन्जेमान बनेको थियो ।

देउवासँग जोन्सनले हात मिलाउन इन्कार गरेको भिडियोमा देख्न सकिन्छ । नेपालका प्रधानमन्त्री देउवा मख्ख हुदैँ बोरिसको नजिक पुग्छन् । उनी हात मिलाउन खोज्दै अघि बढेपछि जोन्सनले हात मिलाउन खोजेनन् । कोभिडका कारण जोन्सनले हात मिलाउन नखोजेका हुन् । त्यसपछि, बोरिसले अर्कै तरिकाले हात मिलाएका थिए, जुन भिडियोमा देख्न सकिन्छ ।

कार्यक्रमस्थलमा दुईजनाको उपस्थिति रहेको थियो । बोरिसले हात मिलाउन इन्कार गरेपछि फेरि पनि देउवा अर्को एक व्यक्तिसँग हात मिलाउन कसिएर अघि बढे । तर, फेरि पनि ती व्यक्तिले पनि देउवासँग हात मिलाएनन् । उनले पनि बेलायतका प्रधानमन्त्री जसरीनै देउवासँग हात मिलाए ।

अमेरिकाको राष्ट्रपतिले चिनेपछि देउवा मख्खः प्रधानमन्त्री देउवा आज बिहान स्वेदश फर्किएपछि पत्रकार सम्मेलनमा उनले बेलायत भ्रमणका केहि किस्सा सुनाए । उनले अमेरिकि राष्ट्रपति जोय बाइबनले आफूलाई टाढैबाट चिनेको भन्दै पत्रकारहरुसँग मख्ख परेका थिए । आफूले टोपी लगाएका कारण जोयले टाढैबाट आफूलाई चिनेको उनले बताए । साथै, अमेरिकाको प्रमुख व्यक्तिले नेपाल भ्रमण गरिसकेको र नेपाल आफूलाई मन पर्ने देश रहेको बताएका

थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया