शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा अबैध पटका नष्ट

बुधवार , कार्तिक १७, २०७८

सिन्धुली– सिन्धुलीमा प्रहरीले २० हजार बराबरको अबैध पटका नियन्त्रणमा लिई नष्ट गरेको छ । शुभ दिपावली तथा छठ पर्बलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले बि.पि. राजमार्गमा आवत–जावत गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा २० हजार बराबरको पटका नियन्त्रणमा लिइ नष्ट गरेको हो ।

गत कार्तिक १४ गते ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कमलामाई नगरपालिका ९ चुरेमा चेकजाँच गर्ने फुलझरी–२० थान, चकरी–२० थान, नागिन पटाका–१० प्याकेट र कलर फुलझरी–५ प्याकेट नियन्त्रणमा लिएको थियो ।

यस्तै गत कार्तिक १५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले कमलामाई कमलामाई नगरपालिका. ६ माझिटार स्थित प्रहरी चेकपोष्टमा चेकजाँच गर्नेक्रममा झिरझिरे– ८ प्याकेट, चक्लेट बम–१ प्याकेट, रकेटबम–१ प्याकेट, नागिन पटका– ८ प्याकेट, सादा पटका – १ प्याकेट, प्लास्टिकको पेस्तोल–३ थान, आलुबम–१ बन्डल, पेस्तोलको झिरझिरे– १ डिब्बा, सादा पटका – १ प्याकेट र झिरझिरे चम्पा –३ डिब्बा नियन्त्रणमा लिएको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले माझिटार स्थित प्रहरी चेकपोष्टमा चेकजाँच गर्ने क्रममा नागिन पटका –९ प्याकेट, चक्लेट बम पटका– २ प्याकेट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

प्रतिक्रिया