सिन्धुलीमा प्रहरीले अबैध रुपमा लगाएको गाँजा फडानी गरेको छ । हरिहरपुरगढी गाउँपालिका ७ क्यानसिरमा अन्दाजी १० धुर र सोहि स्थानको गोरे दमार अँधेरीमा अन्दाजी डेढ कठ्ठा गरी जम्मा २ कठ्ठा जमिनमा लगाएको करिव २५सय बोट लागुऔषध हरियो गाँजालाई काटेर सोहि स्थानमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मंगलबार बिहान अन्दाजी ९ः३० बजेको समयमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षक शुसिल आचार्यको कमाण्डमा र प्रहरी चौकी क्यानेश्वर सिन्धुलीबाट प्रहरी सहायक निरिक्षक देबेन्द्र कुमार कार्कीको कमाण्डमा खटिएको संयुक्त प्रहरी गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा अवैध रुपमा लगाएको गाजाँ भेटिएको र नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।



