शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

व्यवसायी तरकारी खेतिबाट घरखर्च जोहो गदैँ सिन्धुलीका महिला

बुधवार , कार्तिक १७, २०७८

सिन्धुली – कमलामाई नगरपालिका ४ ज्यामिरेकी लिला श्रेष्ठ व्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेति गर्नुहुन्छ । विगत १० वर्ष देखि ज्यामिरेमा लिलाले तरकारी खेति गदै आउनुभएको हो । उहाँले अहिले बेमौसमी गोलभेडा, घिरौला, करेला लगायतको तरकारी लगाउनु भएको छ । टनेल नै बनाएर बेमौसमि तरकारी खेति गर्नुभएको लिलालाई अहिले खेतिबाटै घरखर्च साथै छोराछोरी पढाउन पुग्ने गरेकोे छ ।

“तरकारी खेतिबाट घरखर्च साथै छोराछोरी पढाउन पुगेको छ । त्यति मात्र होइन चाडपर्व मनाउन पनि यहि तरकारी खेति बाटै पुगिरहेको छ । केहि पैसा बचत समेत गरेकी छु ,” लिलाले भन्नुभयो । उहाँले तरकारी खेति बाटै मनग्य आम्दानी गरिरहनुभएको छ । एक लटमै एक लाख सम्म कमाउने गरेको उहाँ सुनाउनुहुन्छ । “मौसमी तरकारी खेतिबाट लगभग एक लाख जति नाफा भयो , अहिले बेमौसमी तरकारी पनि बेच्दै छु । अहिले सम्म ६० हजार भन्दा बढीको बेमौसमी तरकारीहरु बेचिसकेको छु । अझै बाकीँ छ ,” उहाँले भन्नुभयो ।

तरकारी खेति आम्दानीको राम्रो स्रोत बनेको उहाँले बताउनुभयो । घरखर्च, छोराछोरी पढाउन साथै चाडपर्व मनाउन खेतिबाटै पुग्ने र श्रीमानले कमाएको पैसा भने बचत हुने गरेको लिलाले बताउनुभयो । “तरकारी खेतिबाट सबैघरमा खर्च टार्ने गरेको छु । श्रीमानले कमाएको पैसा बचत हुन्छ । श्रीमानको आशमा बस्नु पदैन ,” उहाँले भन्नुभयो ।

खेतिका गर्नका लागि लिलालाई कमलामाई नगरपालिका लगाएत विभिन्न संघसंस्थाले तरकारीको विउँविजनमा सहयोग गरिरहेको छ । “बेमौसमी तरकारी उत्पादन गर्न टनेल निर्माणका लागि कमलामाई नगरपालिकाले प्लाष्टिक सहयोग गरेको छ । विउँविजनका लागि सिड्स नेपालले पनि सहयोग गरिरहेको छ ,” उहाँले भन्नुभयो । यसरी सहयोग पाउँदा थप तरकारी खेति गर्न प्रोत्साहन मिल्ने गरेको उहाँले बताउनुभयो ।

यस्तै सोहि ठाउँकी खिल कुमारी श्रेष्ठ पनि तरकारी खेतिबाट मनग्य आम्दानी गरिरहनुभएको छ । घरखर्च टार्न, छोराछोरी पढाउन तरकारी खेतिबाटै पुग्ने गरेको उहाँले बताउनुभयो । “तरकारी खेतिबाट घरखर्च टार्न सहज भएको छ । हरेक सामान किन्नु पर्छ, महगिं यहि हो । सबै खर्च यहि खेतिबाटै पुग्छ ,” उहाँले भन्नुभयो । श्रीमतीले तरकारी खेतिबाट घरखर्च पु¥याउने र आफुले कमाएको बचत हुने गरेको उहाँको श्रीमान दिलिप कुमार श्रेष्ठले बताउनुभयो । “श्रीमतीले तरकारी खेति गरेर घरखर्च टान सजिलो भएको छ । छोराछोरी पढाउन समेत त्यही तरकारी खेतिबाटै पुगेको छ । मैले कमाएको पैसा भने बचत हुन्छ ,” उहाँले भन्नुभयो ।

सोहि ठाउँकी भिम मायाँ श्रेष्ठ पनि तरकारी खेतिबाट मनग्य आम्दानी गरिरहनुभएको छ । ८ वर्ष अगाडि देखि व्यवसायी रुपमा तरकारी खेति गदै आउनुभएको भिममायाँलाई परिवारले पनि सहयोग गर्ने गरेको बताउनुहन्छ । “मलाई तरकारी खति गर्न मेरो परिवारको पनि सहयोग छ । श्रीमानले पनि सहयोग गरिरहनुभएको छ । तरकारी खेतिबाटै राम्रो आम्दानी छ ,” उहाँले भन्नुभयो । श्रीमतीले गरेको तरकारी खेतिमा आफुले पनि सहयोग गदै आएको उहाँको श्रीमान धुर्ब लाल श्रेष्ठ बताउनुहुन्छ । व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा ज्यामिरेका महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर लाखौँ आम्दानी गर्न सफल भएका छन् ।

प्रतिक्रिया