बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

कलाघरको नाटकले देखाएको सिन्धुलीको चित्र,(भिडियो सहित)

सोमवार , कार्तिक १५, २०७८

कलाघर सिन्धुलीले शुक्रबार कमलामाई नगरपालिकामा देखाएको नाटकले सिन्धुलीको चित्रलाई देखाएको छ । नाटकमा वैदेशि रोजगारकालागि गएको छोरा बाकसमा फर्किएको दृश्य दखाइएको थियो । ७७ जिल्ला मध्य सिन्धुलीबाट वैदेशिक रोजगारीमा जानेको संख्या दोश्रो ठूलो रहेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/०७८ मा सिन्धुलीका चार युवाको श,व बाकसमा फर्किएको थियो । हालसम्म दर्जनौँ संख्यामा विदेशबाट सिन्धुलीमा श,व आएको छ ।

रेमिट्यान्समा मख्ख पर्ने सरकारले उनीहरुको सुरक्षा र अवस्थाका बारेमा कुनै चासो देखाएका छैनन् । त्यस्तै, स्थानिय सरकारले पनि जिल्लाबाट वैदेशिक रोजगारीमा गएकाहरुको अवस्थाका बारेमा जानकारी लिन खोज्दैनन् । केहि महिनाअघि अफगानिस्तानमा भएको युद्धमा समेत स्थानिय सरकार लगायत सरोकारवाला निकायले सिन्धुलीबाट अफगानिस्तान गएकाहरुको सुरक्षा त परै जाओस् सम्पर्क पनि नगरेको गुनासो गरेका थिए ।

स्वदेशमा रोजगार नपाएपछि विदेशिएका युवाहरुले पराईको देशमा विभिन्न समस्याहरुको सामना गर्नुपरिरहेको छ । एक त अधिकांश वैदेशिक रोजगारीमा गएकाहरु सम्पूर्ण जानकारी नलिई देश छोड्छन् । अर्को मुख्य समस्या के छ भने, जिम्मेवार निकायले समेत उनीहरुलाई सचेत गराउन खोज्दैनन् । सिन्धुलीबाट वैदेशिक रोजगारीमा गएकाहरुको तथ्यांक सुरक्षित भएपनि उनीहरुको अवस्थाका बारेमा जिम्मेवार निकायले चासो नदेखाएको अवस्था छ । तसर्थ, सम्बन्धित निकायले सिन्धुलीबाट विदेशिएका युवाहरुको अवस्थाका बारेमा जानकारी लिन आवश्यक श्रोतसाधन प्रयोग गर्न जरुरी छ ।

त्यसैगरि, स्थानिय सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्नतर्फ विशेष जोड दिन आवश्यक छ । अतः कलाघर सिन्धुलीले देखाएको नाटकले सिन्धुलीको चित्र देखाएको हुँदा स्थानिय सरकारले वैदेशिक रोजगारीमा गएका युवाहरुले भोग्नु परेको समस्याको हल गर्न समन्वयात्मक भुमिका निभाउन जरुरी छ ।

प्रतिक्रिया