शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

प्रमुख जिल्ला अधिकारी न्यौपानेको सिन्धुलीबाट आठ महिनामै सरुवा

सोमवार , कार्तिक १५, २०७८

सिन्धुली – गृह मन्त्रालयल सिन्धलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेकोे आठ महिनामै सरुवा गरेको छ । गत चैतमा मात्रै सिन्धुली आउनु भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेको गृह मन्त्रालयले ८ महिनामै सरुवा गरेको हो । गृह मन्त्रालयले सिन्धुली प्रमुख जिल्ला अधिकारी न्यौपानेको सरुवा पाँचथर गरेको छ । दोश्रो लहरको कोरोना महामारीका बेला सिन्धुली आउनुभएका प्रमुख जिल्ला अधिकारी न्यौपानेले कोरोना भाइरसको संक्रमण नियन्त्रण, वर्खाको समयमा बाढी, पहिरो, डुबानले सिर्जित समस्याको समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नागरिकले अनुभुति गरेका छन् । प्रजिअ न्यौपानेले जिल्लाका अन्य निकायसँग समन्वय गरेर सरकारी सेवासुविधा चुस्तदुरुस्त बनाएको जिल्लावासीको बुझाई छ । हाल सिन्धुलीको प्रमुख जिल्ला अधिकारीमा रमेश न्यौपाने आउनु हुनेभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया