शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

थाइल्याण्ड देखि भारतबाट फूल आयात गर्दै सिन्धुलीमा खेति

बिहिवार , कार्तिक ११, २०७८

सिन्धुली– सिन्धुलीमा बैमौसमी वर्षाले तिहारका लागि तयार गरेको सयपत्रि फूलमा क्षेती पुगेको छ । वर्षाको कारण तिहारका लागि तयारी भएको सम्पूर्ण सयपत्रि फूल क्षेती भएको सुनकोशी गाउँपालिका–३ सुन्दरबस्तिका ज्ञानेन्द्र भट्टराईले गुनासो गर्नुभयो । भट्टराईको लगभग १३ रोपनी जमिनमा लगाएको सबै फूल वर्षाले क्षेती गरेको छ ।

‘१३ रोपनी जमिनमा लगाएको सयपत्रि फूल थियो । तिहारको लागि तयार भएको फुल सबै पानीले क्षेती ग¥यो । अहिले तिहारका लागि फूल नै छैन’, भट्टराइले भन्नुभयो । वर्षाले १५ लाख भन्दा बढीको फूल क्षेती गरेको उहाँको भनाइ छ । बारीमा ढकमक्क फूलेको सयपत्रि फूल वर्षाको कारण सबै बोट नै मर्न लागेको उहाँले सुनाउनुभयो । ‘अहिले फूलको बोट नै मर्न थालेको छ । धेरै पानी भए पछि डढुवा रोग देखा पर्ने गर्छ । सबै बोट नै कालो हुन थालेको छ ।’ उहाँले भन्नुभयो । वर्षाको कारण सवै फूल खेती नै नष्ट भएपछि तिहारमा फुलको अभाव हुने उहाँ बताउनुहुन्छ । ‘अव यसपाली तिहारमा फूलको अभाव हुन्छ । तिहारको लागि तयारी फूल सबै नष्ट भएको छ । मेरो नजिकको अर्को दाइले पनि तिहारका लागि तयारी गर्नु भएको फूल सबै नष्ट भएको छ । बोट नै मर्न थालेको छ ’, उहाँले भन्नुभयो । पुराना फुलका सबै बोट निकाली नयाँ विरुवा लगाउने तयारीमा रहेको उहाँले सुनाउनुभयो ।

वर्षभरीको छाक टार्ने जमिनमा उहाँले यसरी व्यवसायीकरुपमा नै फूल खेती सुरु गरेको तीन वर्ष पुरा भइसकेको छ । वर्ष भरिमा तीन हजारको अन्नबालि उत्पादन हुने जमिनमा उहाँले फूल खेती गरेपछि राम्रो आम्दानी हुन थालेको बताउनुहुन्छ । फूल खेतिबाट एक लट मै एक लाख सम्म आम्दानी गर्ने गरेको उहाँले सुनाउनुभयो । ‘एउटै बोट फुलले तिन महिना सम्म उत्पादन दिन्थ्यो । एक लटमा एक लाख सम्म नाफा बस्थ्यो । फुल खेतिबाट राम्रो आम्दानी भइरहेको छ ।’ भट्टराईले भन्नुभयो । यसरी फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि अहिले उहाँले कागती खेती पनि सुरु गर्नुभएको छ । ‘चार वर्ष भयो कागती लगाएको । अब अहिले त उत्पादन दिन सुरु गरेको छ । कागतीबाट नि राम्रो आम्दानी हुने रै छ’, उहाँले भन्नुभयो । गाँउमै व्यवसायीक फूल तथा कागती खेती गरेपछि ज्ञानेन्द्रले उहाँकै उमेरका अरु युवाहरुलाई पनि रोजगारी दिनुभएको छ । साथै उहाँले स्थानिय महिलालाई समेत रोजगारी दिएको सुनाउनुभयो । ‘फूल टिप्न र माला गास्नका लागि अहिले यहाँ प्रत्यक्ष रुपमा ५ जना महिला आउनुहुन्छ । कहिलेकाँहि धेरै नै माला बनाउनु पर्ने हुन्छ त्यो बेला १० देखि १५ जना सम्म महिला काम गर्न आउनु हुन्छ ।’ विभिन्न स्थानको फूल खेतीको अवलोकन गरेपछि सम्भावना देखेरै लगानी गरेको बताउदै उहाँले अहिले यसैबाट नाम र दाम दुबै दिइरहेको बताउनुहुन्छ । ‘आफ्नै ठाँउमा केही गरौँ न भनेर यो पेशालाई अँगालेको म अहिले सन्तुष्ट छु । अरु खेती गर्दा जस्तो दुःख छैन । छोटो समयमा नै उत्पादन लिन सकिन्छ’, उहाँले भन्नुभयो । खेती गर्न सजिलो र आम्दानी राम्रो हुने भएकाले रोजगारीका लागि फूल खेती भरपर्दाे माध्यम बनेको उहाँले बताउनुभयो । व्यावसायिकरुपमा फूलखेती गर्नका लागि प्राविधिक ज्ञान, सीप भए आफ्नै ठाँउमा सजिलैसँग आम्दानी गर्न सकिने उहाँको भनाई छ ।

यस्तै, मरिण गाउँपालिका ६ का अभिनास बस्नेत पनि व्यवसायीक रुपमा सयपत्रि फुल खेति गर्ने सोचले फूल खेति सुरु गर्नुभएको छ । अहिले मरिण गाउँपालिका ७ मा ३ कठ्ठा जमिनमा परिक्षणका लागि फुल खेति सूरु गर्नु भएको उहाँले सुनाउनुभयो । ‘अहिले मैले परिक्षणका लागि ३ कठ्ठा जमिनमा फुल खेति सुरु गरेको छु । तिहार लक्षित गरेर यहि साउनबाट खेति सुरु गरेको हो । अहिले सम्म राम्रो नै छ ।’ उहाँले भन्नुभयो । बस्नेतले थाइल्याण्डबाट आयात हुने ‘कर्मा ¬५५५’ जातको फुल लगाउनु भएको छ । अहिले उहाँले तिहारको लगभग ३५ हजार फुल तयारी रहेको बताउनुभयो । तयारी फूल स्थानिय बजार लगाएत सिन्धुलीमाढी सम्म विक्रि गर्ने योजना बनाएको बस्नेतले सुनाउनुभयो ।

पछिल्लो समय सिन्धुलीका कृषकहरु फूलखेतिमा आकर्षित भएका छन् । जिल्लामा भारत देखि थाइल्याण्डबाट विभिन्न जातका फूल आयात गर्दै फूल खेति भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया