शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा नेकपा एमालेको वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा

शनिवार , कार्तिक ६, २०७८

सिन्धुली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को शनिबार सिन्धुलीमा हुने वडा अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । सिन्धुलीको सम्पुर्ण पालिकाको वडामा पार्टीको बैठक बस्दै अधिवेशनको तयारी गरेको नेकपा एमाले सिन्धुली जिल्ला उपसचिव तथा नगर ईन्चार्ज महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार शनिबार बिहान ११ बजे पार्टीका केन्द्रिय अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा वलीद्धारा जिल्लाको ७९ वटै वडामा भच्युअल माध्यमबाट उद्घाटन गरिने भएको छ । अधिवेशनबाट प्रत्येक वडामा अध्यक्ष १, उपाध्यक्ष १, सचिव १ र उपसचिव २ सहित ३१ सदस्य वडा पदाधिकारी चयन गरिने छ । नेकपा एमालेको १० औँ महाधिवेशनका लागि स्थानिय तह कायम भएसंगै पहिलो चोटी कार्तिक ६ गते अर्थात शनिवार सिन्धुली सहित देशैभरिका वडामा अधिवेशन र ९ गते पालिका अधिवेशन हुदै छ । सिन्धुलीमा वडा अधिवेशन सकेसम्म सर्वसम्मतनै गरिने श्रेष्ठले बताउनु भयो । यदि कही कतै प्राविधिक कारणले सर्वसम्मत नभए पार्टीको बिधान बमोजिम निर्वाचन गरिने उहाको भनाई छ ।

साथै उहाँले अन्य पार्टीबाट नेकपा एमालेको बिचार, सिद्धान्त, निती तथा कार्यक्रमलाई आत्मसाथ गरेर आएकाहरुलाइ पनि यस वडा तथा गाउँ नगर अधिवेशनमा योग्यता र क्षमताको आधारमा प्रतिनिधीको रुपमा समावेस गरेर लैजाने पार्टीले निर्णय गरेको बताउनुभयो ।

प्रतिक्रिया