सिन्धुलीमा अविरल वर्षाका कारण तीन सय हेक्टर जमिनको धान बालीमा क्षेति पुगेको छ । धान भित्राउने बेला निरन्तर परेको पानीले खेतमै धानबाली नष्ट भएको अवस्था छ । पानीले धान भिजेपछि कृषकहरु अन्यौलमा छन् । वर्षभरि मिहिनेत गरेर उब्जाएको धान पानीले भिजेपछि अब कसरी त्यसलाई प्रयोगमा ल्याउने भनेर कृषकहरु चिन्तित छन् । भिजेको धानलाई पनि प्रयोगमा ल्याउन सकिने कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । वर्षाले भिजेको धानलाई केहि दिन घाममा सुकाउन सके क्षती कम हुने लगायत चिउराकालागि पनि प्रयोग गर्न सकिने विज्ञहरुले बताइरहेका छन् । तर, त्यसकाबारेमा कृषक अनविज्ञ छन् । वास्तविक कृषकहरु जो आफ्नो खेतिबाट हात मुख जोड्छन् उनीहरुकलाागि वर्षा अभिसाप बनेको छ । कृषकहरुकालागि यथाशिघ्र स्थानिय सरकार लगायत सम्बन्धित निकायले राहतको कार्यक्रम ल्याउन ढिलाई गर्नुहुदैँन ।
स्थानिय सरकारले केन्द्र र प्रदेश सरकारको राहत कार्यक्रमलाई पर्खेर बस्ने हो भने कृषकमा नैरश्यता बढ्ने छ । कृषिमा राज्यको ठूलो लगानी छ । तर, कृषकहरु भने ती लगानीबाट खासै लाभान्वित हुन सकिरहेका छैनन् । अहिलेको अवस्थामा राज्यले अभिभावकको भुमिका निभाउन जरुरी छ । त्यस्तै, स्थानिय सरकारले पनि धानबालिमा क्षति भएका ठाउँहरुको अवलोकन गरि केकसरी कृषकलाई राहत पुर्याउन सकिन्छ भनेर जोड गर्न आवश्यक छ । अतः कृषकलाई आईपरेको वृहत समस्याले जिल्लालाई पनि प्रत्यक्ष मारमा पार्नेछन् । त्यसैले, यथाशिघ्र स्थानिय सरकार लगायत जिम्मेवार निकायले धानवालि क्षति भएका कृषकहरुको घाउमा मलमपट्टी लगाउन केन्द्रित हुनुपर्दछ ।