सिन्धुलीमा आज(बिहिबार) बस दुर्घट्ना भएको छ । सिन्धुलीमाढीबाट तीनपाटन गाउँपालिकास्थित चकमके गइरहेको बस दुर्घट्ना भएको हो । बा ५ ख ६३१३ नम्बरको बस कमलामाई नगरपालिका १२ स्थित थरहरिमा दुर्घट्ना भएको स्थानिय रमेश कार्कीले जानकारी दिनुभयो । अर्को गाडीलाई साईड दिने क्रममा बस दुर्घट्ना भएको प्रत्यक्षदर्शिले बताएका छन् । साथै, बसमा सवार सम्पूर्ण यात्रुहरु सकुशल रहेको प्रहरी श्रोतले बताएको छ ।


भर्ना सम्बन्धी सूचना: (प्रथम पटक प्रकाशित मितिः २०७८/०६/२२ गते )
नेपाल प्रहरीमा जनपद समहू तर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूह अन्त्तर्गत विभिन्न उपसमूह तर्फ रिक्त प्राविधिक प्रहरी जवान पदहरुमा खुल्ला प्रतियोगिताद्वारा समाबेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरीकहरुबाट रु.१०।– को टिकट टाँसी (स्वयम् उपस्थित भई) दरखास्त आव्हान गरीन्छ । नोट: बिस्तृत जानकारीको लागी नेपाल प्रहरीको वेभसाइट www.nepalpolice.gov.np मा समेत हेर्न सकिनेछ र दरखास्त फारम सोही वेभसाइटबाट डाउनलोड गरी आबस्यक कागजातहरु सलंग्न राखि तोकिएको कार्यालयमा पेश गर्न सकिनेछ ।
प्रहरी प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखा, नक्साल, काठमाडौँ ।