बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

पुनःकाममा फर्कौँ

बिहिवार , कार्तिक ४, २०७८

हिन्दुहरुको महान् चाड बडादशैँ बुधबारबाट सकिएको छ । दशैँको सकिएसँगै सरकारी कार्यालयहरु खुलेका छन् । सिन्धुलीमा दशैँको समयमा जिल्लावासीले केहि सेवासुविधा उपभोग गर्न नपाउँदा असन्तुष्ट देखिएका थिए । विशेषगरि, खानेपानी आपूर्तिमा देखिएको समस्याका कारण उपभोक्ताहरु आक्रोशित बनेका छन् । चाडपर्वको बेला बढि उपभोग हुने पानी नै नआएपछि उपभोक्ताहरु सिद्धेश्वर खानेपानी उपभोक्ता समितिसँग असन्तुष्ट देखिए । दशैँ सकिसकेपनि हालसम्म अधिकांश स्थानमा खानेपानीको आपूर्ति हुन सकेको छैन । तसर्थ, समितिले यथाशिघ्र खानेपानी आपूर्ति गर्न आवश्यक जनशक्तिको प्रयोग गर्न जरुरी छ । त्यस्तै, सधैँको जस्तै दशैँमा पनि विद्युत कटौति हुँदा विद्युत प्राधिकरण, सिन्धुली वितरण शाखा प्रति नागरिकको चरम असन्तुष्टि कायमै छ । छिनछिनमै विद्युत कटौतिहुँदा उपभोक्ता आक्रोशित बनेका छन् भने प्राधिकरणले यथाशिघ्र समस्याको समाधान गर्न जोड गरोस् भन्ने कामना गरिरहेका छन् । त्यसैले, सिन्धुली वितरण शाखाले नियमित विद्युत आपूर्ति गर्न थप सक्रियता बढाउन जरुरी छ ।

दशैँको टिका थापेर जिल्ला छोड्नेको संख्या ठूलो छ । विपी राजमार्ग लगायत सिन्धुलीसँग जोडिएका अन्य राजमार्ग र सडकहरु प्रयोग गरि यात्रा गर्नेको संख्या ठूलो छ । त्यसैले, ट्राफिक व्यवस्थापनमा प्रहरी चनाखो बन्न जरुरी छ । यता, पहिरोका कारण सडकखण्डहरु जोखिमपुर्ण अवस्थामा रहेको छ । ती सडकखण्डहरुको पहिचान गरि यथाशिघ्र सावधानि अपनाउनतर्फ सम्बन्धित निकायले ध्यान पुर्‍याउनुपर्छ । त्यस्तै, दशैँको समयमा सिन्धुली एउटा बलात्कारको घट्ना सार्वजनिक भयो । उक्त घट्नाको छानविनमा प्रहरीले सक्रियता नबढाएको आवाजहरु उठिरहेको छ । त्यसैले, उक्त घट्नाको छानविन गरि दोषिलाई पक्राउ गर्दै आवश्यक कार्वाहीको प्रक्रिया शुरु गर्नतर्फ प्रहरी गम्भिर हुन आवश्यक छ ।

जिल्लाका सरकारी कार्यालयहरु खुलिसकेको अवस्थामा दसैँलाई देखाएर सेवाग्राहीलाई दुख दिने काम हुनुहुदैँन । त्यसैले, कार्यालयमा कर्मचारीहरु उपस्थित भए\भएनन्, सेवाग्राहीले सहजै सुविधा पाए÷पाएनन् लगायत सम्पूर्ण अवस्थालाई निगरानि गरेर सेवाग्राहीलाई सेवासुविधा दिनतर्फ जिम्मेवार निकाय चनाखो हुन जरुरी छ । अतः दशैँ सकिसकेको अवस्थामा सम्पूर्ण जिम्मेवार निकाय काममा फर्कि नागरिकको सेवासुविधामा लाग्न आवश्यक छ ।

प्रतिक्रिया