शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

अवरुद्ध मध्येपहाडी राजमार्गको सिन्धुली खण्ड संचालन

बुधवार , कार्तिक ३, २०७८

सिन्धुली – अवरुद्ध मध्यपहाडी राजमार्ग संचालनमा आएको छ । अबिरल बर्षाका कारण मंगललबार बिहानैबाट अबरूद्व बनेको मध्यपहाडी राजमार्ग हैबार खण्ड बुधबार दिउँसो ४ बजेबाट संचालनमा आएको हो ।

अबिरल बर्षाका कारण मध्यपहाडी राजमार्ग स्थित खुर्कोट –घुर्मी सडक खण्ड अन्तरगत हैबार, कालिआप, नवलपुर लगायतका स्थानमा पहिरो खसेर सडक अबरूद्व भएको थियो । चाडबाड सकेर राजधानी भित्रन लागेका तथा दशैको अन्त्यमा आफन्तजनसँग आर्सिरवाद थाप्न हिडेका सँयौको संख्यामा रहेका सवारी साधन तथा हजारौं यात्रीहरू ३० घण्टा देखी बिच बाटोमै अलपत्र परेका थिए ।

अबरूद्व राजमार्ग मध्यपहाडी सडक आयोजना तथा गाउँपालीका र प्रहरीको सक्रियतामा २ वटा जेसिबी मेशिनको प्रयोग गरि बुधबार दिनभरि पहिरो हटाएपछि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । वर्षाको समयमा सडक माथिबाट पहिरो खस्न सक्ने संभावना रहेकाले सर्तक रहेर यात्रा गर्न लामाले आग्रह गर्नुभयो ।

प्रतिक्रिया