शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमाढीमा खानेपानी नआउँदा स्थानिय आक्रोसित,अध्यक्षको यस्तो भनाई

बुधवार , कार्तिक ३, २०७८

सिन्धुली –सिन्धुलीमाढी बजार क्षेत्रमा एक हप्ता देखि धारामा खानेपानी नआउँदा स्थानिय आक्रोसित भएका छन् । शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानी दशैँको समयमा पनि नआउदाँ स्थानिय आक्रोसित भएका हुन् ।

कनपा ५ मुधटार, कनपा ६ रातामाटा लगाएतका क्षेत्रमा दशैँको समयमा पनि नियमित पानी आएको छैन । धारामा पानी नआउँदा जारको पानी किनेर खान बाध्य भएको कमलामाई नगरपालिका ५ मधुटारकी पुष्पा दाहालले बताउनुभयो । “दशैँमा पनि धारामा पानी आएन् । पहिले पनि कहिले आउनी, कहिले नआउने हुन्थ्यो । दशैँमा त ठप्पै आएन ,” दाहालले भन्नुभयो । धारामा पानी नआउँदा मह्गो मुल्यमा जारको पानी खान बाध्य भएको उहाँको भनाइ छ । शिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई बारम्बार फोन गरेर पानी छोड्न आग्रह गर्दा ट्याकीनै विग्रिएको भन्ने जवाफ आउने गरेको उहाँले बताउनुभयो ।

उता बुधबार (आज) बेलुका देखि नै धारामा नियमित पानी आउने सिद्धेश्वर खानेपानी उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले बताउनुभयो । गडौली खोलामा रहेको पानी ट्याकिको ट्रान्सफर्मर विग्रिएको कारण धारामा पानी नआएको उहाँले जानकारी दिनुभयो । दशैँको समय भएकाले प्राविधिक छुट्टिमा घर गएको कारण ट्रान्सफर्मर बनाउन ढिलाई भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 'दसैंकै बेला ट्रान्सफर्मर बिग्रियो, विद्युतको प्राविधिकले गर्ने काम भएकाले सबै दशैँ छुट्टिमा घर गएकाले बनाउन ढिला भयो,' अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया