शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा बोलेरो दुर्घटना

शुक्रवार , आश्विन २९, २०७८

सिन्धुली – सिन्धुलीमा बोलेरो दुर्घटना हुदाँ ९ जना घाइते भएका छन् । विहिबार दिउँसो १ बजेको समयमा चकमक े¬सिन्धुली ग्रामिण सडक खण्ड अन्र्तगत कमलामाई नगरपालिका १२ बुधनाखोलामा आफै अनियन्त्रीत भइ बोलेरो दुर्घटना हुदाँ ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

तिनपाटन गाउँपालिकाबाट सिन्धुली आउँदै गरेको बा १४ च ९०८२ नम्बरको बोलोरो दुर्घटना भएको हो । गाडिमा सवार ९ जना घाइतेको उपचारका लागि सिन्धुली अस्पताल ल्याइएको थियो । घाइते ९ जना मध्ये ४ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । बाकीँ ५ मध्य ३ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने २ जनाको स्वास्थ्य अवस्था मध्यम रहेको र उपचार भइरहेको छ ।

गाडि चालक तिनपाटन गाउँपालिका ५ का २५ वर्षिय केशब श्रेष्ठ भने फरार रहेकाले खोजि कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया