सिन्धुली – रक्तमाला मन्दिरमा फुलपाती बडाई कार्यक्रम सम्पन्न भएको छ । मंगलबार फुलपातीको दिन कमलामाई नगरपालिका ४ ढकाल स्थित रक्तमाला मन्दिरमा नेपाल प्रहरी,शशस्त प्रहरी, बर्दबहादुर गणले सलामी दिइ फुलपाती भित्र्याएका हुन् ।
विहान ८ बजेको शुभसाइतमा सेना, प्रहरी र शसस्त्र प्रहरीले कोइला देवी मन्दिरबाट फुलपातीको डोली लिएर रक्तमाला मन्दिरमा सलामी दिइ फुलपाती भित्र्याइएको रक्तमाला मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष तथा कमलामाई नगरपालिका ४ का वडा अध्यक्ष महेन्द्र ढकालले बताउनुभयो । फूलपाती भित्र्याएपछि नौ वटै देवीको विधिपूर्वक पूजा आराधना गरिएको उहाँले बताउनुभयो ।
फुलपातीको दिन प्रत्येक वर्ष रक्तमाला मन्दिरमा भव्य रुपमा फुलपाती बडाई कार्यक्रम हुदै आएको थियो । यो वर्ष कोरोना संक्रमणको जोखिम रहेकाले सलामी दिने कार्यक्रम मात्र भएको छ ।
यस्तै सेना, प्रहरी र ससस्त्र प्रहरीले कमलामाई नगरपालिकाको कार्यालय अगाडिबाट फुलपातीको डोली लिएर कमलामाई नगरपालिका ४ मधुटारको कमलामाई मन्दिरमा समेत सलामि दिइ फुलपाती भित्र्याइएको छ ।पछिल्ला बर्षहरुमा ब्यबस्थापन समितिको कमजोरीले गर्दा कालिमाई मन्दिरको फुलपातीको बडाईको रौनक घटदै गएको स्थानियको भनाई छ । कालिमाई ब्यबस्थापन समितिले मन्दिरलाई आफ्नो निजि सम्पति जस्तो ठान्ने गरेको स्थानियले आक्रोस ब्यक्त गरे ।
मंगलबार देशभर नेपालीहरुका घरघरमा धुमधामका साथ फूलपाती भित्र्याइएको छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्रि हुन् । उनको टाउकाको झाँक्रो फिजाएको जस्तो देखिन्छ । घाँटीमा बिजुली सरह झल्कने माला छ । श्वास फेर्दा पनि कहिलेकाहीँ आगोको राँको निस्केको जस्तो देखिन्छ । माता कालरात्रिको स्वरूप डरलाग्दो जस्तो देखिन्छ तर यिनी भक्तलाई शुभ फल दिने गर्दछिन् । यसैले यी देवीको एक नाम ‘शङ्करी’ पनि रहेको छ । देवी कालरात्रि दुर्जनहरूको उछित्व गर्ने हुनुहुन्छ । यी देवीको स्मरण गर्नाले पनि दानव, दैत्य, राक्षस, भूतप्रेत भागेर जान्छन् भनिएको छ ।