बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सावधानि अपनाएर दशैं मनाऔँ, दशैंको शुभकामना !

मंगलवार , आश्विन २६, २०७८

हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैँ शुरु भइसकेको छ । अहिले पुरा देशनै दशैँमय बनेको छ । विगतमा जस्तो चंगा र पिङ नदेखिएपनि सिन्धुलीमा दशैँको रौनकमा कमि आएको छैन । मठमन्दिरमा दर्शनार्थिको भिड देख्न सकिन्छ भने बजारमा किनमेल गर्नेको संख्या ठूलो छ । विभिन्न प्रयोजनकालागि जिल्ला छोडेर बाहिरीएकाहरु जिल्लामा आएका छन् । दशैँभित्र सत्यको विजय, सत्यको उपासना र सत्यकार्यका लागि प्रेरणा छ, सँगै अभावमा पनि रमाउन सक्ने, पीडामा पनि हाँस्न र हँसाउन सक्नुपर्ने सन्देश पनि दशैँमा छ । दशैँले विश्वलाई सत्यको सतत् सन्देश दिई नेपाल तथा नेपालीलाई एक सूत्रमा बाँधेको छ । शान्तिप्रेमी नेपालीलाई सत्यवादी बन्न यसले शताब्दीऔँदेखि सन्देश दिँदै आएको छ । दशैँले सबैलाई एकआपसमा मिलेर अघि बढ्ने शक्ति दिओस्, शुभकामना !

अहिले सिन्धुलीमा मात्र नभएर नेपाल र विश्वनै कोरोना आसुरी प्रवृत्तिले प्रताडित गरिरहेको छ । परिवार, साथीभाई, इष्टमित्र लगायत आफन्तजनसँगै बसेर दशैँ हर्षोल्लासका साथ मनाइदैँ आएपनि वर्तमान अवस्थामा कोरोनाका कारण सावधानि अपनाउनुपर्ने आवश्यकता छ । त्यसैले, सम्पूर्ण देशवासीले कोरोनाको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड पालना गरि सावधानिपुर्वक दशैँ मनाउन जोड गर्नुपर्छ । त्यसैगरि, भड्काव तथा प्रदर्शन होइन, साँस्कृतिक निरन्तरतालाई अविच्छिन्न गर्न दशैँ वा अन्य चाडबाट उत्प्रेरणा लिनुपर्छ ।

रावणलाई पूर्वीय दर्शनले सम्पूर्ण रूपमा खराब देख्दैन । रावण होइन, रावणमा आउने आसुरी प्रवृत्तिविरुद्ध रामले चालेका कर्मलाई बुझ्नुपर्छ । राम वा रावणलाई कुनै अमूक पात्रभन्दा पनि प्रवृत्ति बुझ्नुपर्छ । असत्यबाट सत्य वा खराबबाट असलतिर प्रवृत्त हुन पात्रलाई होइन, प्रवृत्तिलाई प्रेरक बनाउन सक्नुपर्छ । यसैका लागि दशैँ वा राम अथवा रावणको मूल्यांकन आज होइन, त्रेतायुगमा उभिएर गर्नुपर्छ । दशैँको सम्पूर्णमा शुभकामना !

सम्बन्धित विषय:

प्रतिक्रिया