सिन्धुली – सिन्धुलीमा बसको ठक्करबाट एक साइकल यात्री घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्र्तगत मरिण गाउँपालिका ६ धमिले बजारमा बसले ठक्कर दिदा सोहि स्थानका साईकल यात्री २२ बर्षिया विनोद श्रेष्ठ घाइते भएका हुन् ।
सोमवार साँझ साढे ५ बजे काठमाडौबाट मरिण जादै गरेको बा ४ ख ७०९९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको साइकलाई ठक्कर दिदा साइकल यात्री श्रेष्ठ घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । घाइते श्रेष्ठको स्वास्थ्य अवस्था भने अस्पताल पुगेपछि मात्र थाहा हुने उहाँले बताउनुभयो ।
नायव उपरिक्षक लामाका अनुसार घाइते श्रेष्ठलाई उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको छ । ठक्कर दिने बस ईलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रणमा लिएको छ । दशै नजिएसँगै धमिले बजारमा सर्वसाधारणको भिडभाड बढेको छ । भिड भएको ठाउँमा बस तिव्रगतिमा चलाउदा साईकल यात्रीलाई ठक्कर दिन पुगेको स्थानीयको भनाइ छ ।