शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

आइतवार , आश्विन २४, २०७८

सिन्धुली – सिन्धुलीमा आइतबार थप २ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका अनुसार ११ जनाको स्वाव परिक्षण गरिएकोमा १ जना महिला १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । जिल्लामा हालसम्म ४ हजार ६ सय ६६ जनाको पिसिआर परिक्षण गर्दा २ हजार ४९ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार २७ एण्टिजेन परिक्षण गर्दा १ हजार १ सय ६८ जनामा संक्रमण पुष्टि हुँदा ३ हजार २ सय १७ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

यस्तै जिल्लामा हाल होमआईसोलेसनमा ९८ जना र सस्थागत आईसोलेसनमा १ जना गरि ९९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । हालसम्म जिल्लामा ३ हजार ७३ जना कोरोना भाईरस संक्रमणमुक्त भएका छन् भने ४५ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

थप ५९६ मा संक्रमण

यसैबिच विगत २४ घण्टामा देशभर ५९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।

आइतवार थपिएका सँगै देशभर सक्रिय संक्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या सात लाख ७५ हजार ९४३ पुगेका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ । हाल देशभर ३२२ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेन्टिनमा छन् । आइतवार ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया