शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा दशैको चहल पहल, व्यापार बढ्यो

आइतवार , आश्विन २४, २०७८

सिन्धुली – सिन्धुलीमाढीमा लाग्ने शनिबारे हाट बजारमा सामान विक्री तथा किनमेल गर्नेको भिड लागेको छ । दशैको अन्तिम शनिबारे हाट बजारमा नयाँ कपडा, चप्पल, श्रृंगारका सामानहरु शनिबार अघिल्लो हप्ताको तुलनामा ५ औँ गुणाले बढेको व्यापारीहरुले बताएका हुन् ।

अघिल्लो हप्ताको तुलनामा कपडाको व्यापार ५ औ गुणाले बढेको कपडा व्यवसायी अस्मि तामाङले बताउनुभयो । दशँै अगाडी शनिबारे हाट नआउने भएकाले पनि अहिले नै मानिसहरुले दशैको कपडाहरु किनमेल गरेको व्यापारी तामाङले बताउनुभयो । तामाङको पसलमा विहान देखि दिउँसो ४ बजे सम्म ५० हजार भन्दा बढीको कपडा विक्रि भइसेको छ । “विहान नै देखि बजारमा चहलपहल थियो । यहाँ लगभग ५० हजार जतिको कपडा विक्री भएको छ । एकछिन आराम गर्ने फुर्सद पनि छैन् ,” तामाङले भन्नुभयो ।

हाटबजारमा कस्मेटिक सामानहरु पनि बढि मात्रामा विक्री भएको शनिबारे हाटमा कम्मेटिक पसल सञ्चालन गरिरहेकी सुकुमायाँ तामाङले बताउनुभयो । “आज राम्रो व्यापार भएको छ । भिडभिडनै थियो । विहान देखि एक्छिन बस्न समेत पाएको छैन् । दशैँको व्यापार आजै हुने हो ,” उहाँले भन्नुभयो । तामाङले विहान देखि दिउँसो सम्म ३० हजार भन्दा बढीको कस्मेटिकको सामान विक्रि भएको बताउनुभयो ।

यस्तै शाह बस्त्रालयका संचालक भोला शाह पनि व्यापार राम्रो भएको बताउनुहुन्छ । अघिल्लो हप्ताको शनिबारको तुलनामा यो हप्ताको शनिबार ५ औँ गुणाले व्यापार बढेको उहाँको भनाइ छ । “यो शनिबार धेरै नि भिड छ । व्यापार पनि राम्रो नै भएको छ । दशैँको अन्तिम हाट भएकाले पनि भिड लागेको हो,” शाहले भन्नुभयो ।

कपडा र श्रृंंगार मात्र हैन भाडाकुडाको व्यापार पनि बढेको भाडा पसलका सञ्चालक विरेन्द्र शाहले बताउनुभयो । “आज विहान देखि ४० हजार भन्दा बढीको कारोबार भएको छ । धेरैले दशैँका लागि मासु पकाउने भाडा तथा टिका लगाउने थालि लग्छन् ,” शाहले भन्नुभयो । “पसलमा ग्राहकको भिड बढेसँगै शाहलाई भ्याइनभ्याइ भएको छ । हेर्नुस न भ्याइनभ्याइ छ । अब अरु दिन त्यति विक्रि हुन्न् आजै हो । आज त खान छोडेर भएपनि व्यापार त गर्ने प¥यो ,” उहाँले भन्नुभयो ।

दशै किनमेलका लागि अन्तिम हाट भएकाले खसी बोकाको व्यापारमा पनि वृद्धि भएको व्यापारीहरुको भनाई छ । खसीबोकाको बजारमा जान नसक्ने मानिसको भिड रहेको बजारबाट फर्किदै गरेका कमलामाई नगरपालिका ४ का घनश्याम आछामेले बताउनुभयो । “खसिबोकाको बजारमा जान नसक्ने भिड छ । विहानै आएको भए सजिलै किनमेल गर्न सकिन्थोँ होला, यति बेला त केहि किन्न नसक्ने भिड छ,” आछामेले भन्नुभयो । बजामार भिडभाड बढेसँगै चोरीको घट्ना घट्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी समेत खटिएका थिए ।

प्रतिक्रिया