शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा पहिलो मिनि मार्केट संचालनमा

आइतवार , आश्विन २४, २०७८

सिन्धुली – सिन्धुलीमा पहिलो पटक आधुनिक तरिकाको एउटै छानामुनि विभिन्न व्यापार गर्न मिल्ने मिनि मार्केट संचालनमा आएको छ । शनिबार बागमती प्रदेश सभा सदस्य विनोद कुमार खड्काले एक औपचारिक कार्यक्रमको बिच मिनि मार्केट उद्घाटन गर्नु भएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै बागमती प्रदेश सभा सदस्य विनोद कुमार खड्काले मिनि मार्केटमा एकद्धार मुल्यको व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले मार्केटमा राखिएका सामाग्री गुणस्तर हुन पर्नेमा जोड दिनुभयो । साथै नागरिकले सर्बशुलभ मुल्यमा सामानको किनमेल गर्न पाउने व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

विपि राजमार्ग नजिक कमलामाई नगरपालिका ६ रातामाटामा जिल्ला मै पहिलो पटक एउटै छानामुनि विभिन्न व्यापार गर्न मिल्ने मिनि माकेर्ट संचालनमा आएको छ ।

कार्यक्रमलाई सम्बोधन गदै मिनि मार्केटका व्यवस्थापक कृष्ण मोहन मेहताले मिनि मार्केट व्यापारीको दिर्घकालीन रुपमा व्यापार गर्न ठाउँ रहेको बताउनुभयो । सहज रुपमा व्यापार गर्न मिनि मार्केट स्थापना भएको उहाँको भनाइ छ । मिनि मार्केटमा फि वाइफाइ, सिसिक्यामेरा, महिलापुरुषका लागि छुट्टा छुट्टै शौचालय, पार्किङ लगाएत एउटै छानामुनि विभिन्न किसिमका व्यापार गर्न मिल्ने व्यवस्था रहेको मेहताले बताउनुभयो । उहाँका अनुसार एक करोड लागतमा निर्माण भएको मिनि माकेर्टमा १९ किसिमको व्यापार विभिन्न व्यापार गर्न मिल्ने सटर रहेको छ ।

बागमती प्रदेशसभा सदस्य विनोद कुमार खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र ढकाल, नेकपा एमाले कमलामाई नगर कमिटि इन्चार्ज महेन्द्र देव श्रेष्ठ, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे, उद्योग बाणिज्य संघ सिन्धुलीका उपाध्यक्ष लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा मिनि मार्केटको भौतिक संरचना निर्माणमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया