शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा अटो दुर्घटना हुदाँ ६ जना घाइते

शनिवार , आश्विन २३, २०७८

सिन्धुली – सिन्धुलीमा अटो दुर्घटना भएको छ । शनिबार दुधौली नगरपालिका ६ लालभिट्टी स्थित झुँगा धनसरी भित्री सडक खण्डमा हर्षाहीबाट डकाहा तर्फ जाँदै गरेकोे वन टेष्ट अटो आँफै अनियन्त्रित भई सडकको बाँया साईडबाट अन्दाजी ३ मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा हुदाँ अटो चालक सहित ६ जना घाइते भएका छन् । घाइतेलाई ३ जनालाई डकाहा स्थित आमा मेमोरियल अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि काठमाडौँ रिफर गरिएको छ भने एक जनालाई सिन्धुली अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै घाइते एक जनाको सोहि आमा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने एक जना उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । अटो चालक दुधौली नगरपालिका २ भलुवाहिका अन्दाजि २६ वर्षिय टिका धमलाको बायाँ गाला, बाँया खुट्टामा चोट लागेको छ । उहाँको स्वास्थ्य अवस्था मध्यमै रहेको र थप उपचारको लागी काठमाडाँै रिफर गरिएको छ ।

यस्तै अटोमा सवार दुधौली नगरपालिका ६ भताहि का ४६ वर्षिय शोभा पौडेलको घाँटी, मुख,वाँया पातो, टाउकोमा चोट लागेको छ । उहाँलाइ थप उपचारको लागी पाटन अस्पताल काठमाडौँ रीफर गरिएको छ । दुधौली न.पा. १ गिजियानिका ३७ वर्षकि सुमित्रा घिमिरेको नाक मुख वाँया खुट्टामा चोट लागेको छ । उहाँलाई थप उपचारको लागी काठमाडौँ रिफर गरिएको छ । सोहि स्थानकी अन्दाजि १७ वर्षिय शोभा घिमिरे पोखरेलको वाँया आँखा, गाला, दाहिने खुट्टामा चोट लागेको छ । उहाँको अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । सोहि स्थानका ४५ वर्षिय चेत बहादुर खत्रीको वाँया खुट्टामा चोट लागेको छ । उहाँको आमा मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

दुधौली नगरपालिका ६ भताहिका ५५ वर्षिय मेघनाथ पौडेलको दुबै हातमा चोटलागेको थियो । उहाँलाइ उपचार पश्चात डिस्चार्ज गरिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । प्रहरी नायब उपरिक्षक लामाका अनुसार अटो भने प्रहरीले नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया