शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

नयाँ नोट साट्न सिन्धुलीका बैंकमा भिड

शनिवार , आश्विन २३, २०७८

सिन्धुली – सिन्धुलीमा बैंकमा नयाँ नोट साट्नेको भिड लागेको छ । राष्ट्रिय वाणिज्य बैक जिल्ला शाखा सिन्धुली लगाएत जिल्लाका अन्य निजि बैंकहरुमा दशैँका लागि नयाँ नोट साटेको भिड लागेको हो ।

बैकमा दिनभर लाइन बसेर सर्वसाधनले नयाँ नोट साटि रहेका छन् । कमलामाई नगरपालिका ७ की पंचमायाँ तामाङ चार घण्टा सम्म लाइनमा उभिएर राष्ट्रिय वाणिज्य बैंकबाट नयाँ नोट साटेको बताउनुहुन्छ । “विहान ९ बजे देखि नै आएको अगाडि नै पालो आउँछ भने । ११ बजि सक्यो अहिले सम्म पालो आएको छैन ।” उहाँले भन्नुभयो, “बिहान देखि नै बैंकमा भिड थियो । अब चाहि बल्ल पालो आउन लाग्यो । ”

सिन्धुलीमाढीमा रहेको लक्ष्मि बैंक शाखामा एक घण्टासम्म पालो कुरेर नयाँ नोट साटेको बैंकबाट फर्किदै गर्नुभएको एक महिलाले गुनासो गर्नुभयो । “ठ्याक्कै एक घण्टा सम्म पालो कुर्नु पर्‍यो । बल्ल बल्ल नयाँ नोट साटेर निस्किए ।” लक्ष्मि बैँकले शुक्रबार बैकमा आएको सबै नयाँ नोट वितरण गरिसकेको जनाएको छ । बैंकमा कति नयाँ नोट आएको थियो र कति वितरण भयो भन्ने विवरण भने संचारमाध्यमलाई दिन नमिल्ने शाखा प्रबन्धक अमित लिगलले बताउनुभयो । शुक्रबार भएकाले बैकं छिटै बन्द हुने भन्दै नागरिक विहानै नयाँ नोट साट्न बैंक पुगेका थिए ।

यस्तै राष्ट्रिय वाणिज्य बैक सिन्धुलीले २ करोड भन्दा बढी नयाँ नोट वितरण गरिसकेको छ । दशैंका लागि वाणिज्य बैकंले शुक्रबार सम्म साढे दुइ करोड भन्दा बढी नयाँ नोट वितरण गरिसकेको राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीले जानकारी दिएको छ । बैकले बुधबार देखि दशैँका लागि सर्वसाधनले नयाँ नोट साट्न पाउने व्यवस्था गरेको थियो ।

तिन दिनमै साढे २ करोड भन्दा बढीको नयाँ नोट साटिएको राष्ट्रिय वाणिज्य बैंक सिन्धुलीका शाखा प्रबन्धक अच्युत भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वसाधारणले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट साटेका छन् । प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गरिएको प्रबन्धक भट्टराइले बताउनुभयो । अन्य सरकारी तथा गैसरकारी संघसंस्थालाई भने संस्थाको कर्मचारी तथा माग गरे अनुसारको नयाँ नोट वितरण गरिएको छ ।

सिन्धुलीमा राष्ट्रिय वाणिज्य बैकको शाखा चार स्थानमा रहेका छन् । सिन्धुलीमाढीमा रहेको वाणिज्य बैकंले मात्र साढे १ करोडको नयाँ नोट वितरण गरिसकेको जनाएको छ । बैकंले आइताबार सम्म नयाँ नोट वितरण जनाएको छ । यस्तै जिल्लामा रहेको अन्य निजि बैंकहरुले पनि नयाँ नोट वितरण गरिरहेको छ ।

प्रतिक्रिया