शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सुनकोशीबासीले संघियताको अनुभुत गरेका छन् : अध्यक्ष दाहाल

शुक्रवार , आश्विन २२, २०७८

स्थानिय तहको निर्वाचन भएको र स्थानिय तहले जनप्रतिनिधि पाएको चार वर्ष पुरा भइसकेको छ । यस अवधिमा सिन्धुलीको सुनकोशी गाउँपालिमा विकास निर्माणका केकस्ता कामहरु भए, जनताले शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत आधारभूत कुराहरु के कति प्राप्त गरे, कार्यकाल कस्तो रह्यो, के कस्ता चुनौती सामना गदै आइरएको छ ? लगायतका विषयमा सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहाल सँग सिन्धुली सौगातका लागि उर्मिला भट्टराइले गरेको संवादको संपादित अंश ः

कार्यकालको अन्तिम बर्षतिर हुनुहुन्छ, यो कार्यकाललाई आफैले कसरी मूल्याङकन गर्नुहुन्छ ?

स्थानिय सरकारको यो अन्तिम वर्ष हो । पाँचौ वर्षको परिवेशमा हामी छौँ । अहिले सम्म हामीले जनतालाई गरेका प्रतिवद्धता केहि काम भने पुरा गर्न सकेका छौनौँ । शिक्षा, स्वास्थ्य खानेपानी, कृषि लगाएत आधारभूत अधिकारका क्षेत्रमा काम गरिरदा केहि काम भने पुरा हुन नसकेको मैले अनुभुत गरेको छु । सुनकोशी गाउँपालिका क्षेत्रका विकट क्षेत्रमा हामीले बाटो त पुर्‍यायौँ तर त्यो बाटो पिच भने गर्न सकेनौ । धेरै काम गरिरदा केहि सानो सानो काम भने गर्न खोज्दा खोज्दै पनि पुरा गर्न सकेको छैन । तर हामीले चुनावमा गरेका प्रतिवद्धता भने पुरा गर्न सफल भएको अनुभुत चाहि मैले गरेको छु ।

जनताले साच्चिकै संघियताको अनुभुत गर्न पाएका छन् त ?

जनताले संघियताको अनुभुत गरेका छन् । हाम्रो सुनकोशी गाउँपालिका हेर्दा सुगम तर बास्तवमा दुर्गम पनि हो । जिल्लासँग अलि कम पहुँच भएको ठाउँ पनि हो । गाउँपालिका बासीलाई दुइ सय मिटर पाइप चाहिँयो भने पनि ४ घण्टाको यात्रा गरेर सदमुकाम पाइप लिन आउनु पर्थो । पहिले गाडिको सुविधा थिएन । घण्टौ हिडेर पनि सदमुकाम आउनुपर्थो । स्थानिय सरकार आएपछि नागरिकका सानातिना समस्या त्यहि समाधान भएको छ । पाइपा, विद्यालय भवन, पुर्वाधार लगाएत शिक्षाको क्षेत्रमा स्थानिय सरकारले गरिरहेको छ ।

शिक्षा स्वास्थ्य खानेपानी जस्ता आधारभूत अधिकारका क्षेत्रमा भएका खास परिवर्तनको बारेमा केही भन्दिनु न ?

हामी निर्वाचित भएपछि विभिन्न संघसस्थासँग समवन्य गरेर हाम्रो सात वटै वडामा स्वच्छ खानेपानीको व्यवस्था गरेका छौँ । त्यसमा खानेपानी अलि महँगो भएको छ । पानीको मुहान कम भएकाले लिफ्टबाट पानी ल्याउनु परेकाले अलि महँगो भएको हो । पालिकामा भुकम्पले क्षेती गरेका विद्यालयका भवन पुर्ननिर्माण भएको छ । साथै हामीले स्वास्थ्यका क्षेत्रमा पनि काम गरेका छौँ ।

तथ्यांकको आधारमा भन्दा कुन कुन क्षेत्रमा के के परिवर्तन देखिएको छ त ?

तथ्यांककै आधारमा भन्नुपर्दा हाम्रो प्रत्येक वडामा स्वच्छ खानेपानीको व्यवस्था भएको छ । गाउँगाउँमा मोटरबाटो पुगेको छ । शिक्षामा दरबन्दी अनुसारका शिक्षकको व्यवस्था भएको छ । प्रत्येक वडामा विजुली बत्ति पुगेको छ । सुविधा सम्पन्न विद्यालयको भवन निर्माण भएको छ । कृषिमा केहि सुधार भएको छ ।

अनि वेरोजगारी समस्याको बारेमा केही परिर्वतन भएको छ ?

बेरोजगारीको समस्याको केहि परिवर्तन भएको मलाई अनुभुत भएको छ । किनभने हामीले कृषिमा बढी जोड दिएका छौ । किवि,आलु, तरकारी,तोरी, मकै लगाएत जहाँ जे उत्पादन हुन्छ त्यसलाई पकेट क्षेत्र घोषणा गरेर काम गरिरहेका छौँ । साथै युवाहरुलाई कृषि पेशामा पेरित गर्न अनुदान दिने र त्यसको मुल्याङ्न गर्न काम गरेका छौँ । हाम्रो अहिले महाभारत क्षेत्रमा किवि नै किबि छ, जुनार लगाएत अमिलो जातको फलफुल पनि त्यस्तै छ । युवाहरुले कृषिमा लागेर मनग्य आम्दानी गरिरहेका छन् ।

स्थानीय सरकार चलाउन खास समस्या के के रहेछन् ?

स्थानिय सरकार चलाउन व्यक्तिगत रुपमा हो भने खासै केहि समस्या छैन । काम गर्ने क्रममा त्यस्तो खासै केहि नराम्रो अनुभुत चाहिँ भएको छैन । तर एउटा महिलाको रुपमा भन्ने हो भने, कहिले काहीँ बाहिरबाट कोहि व्यक्ति भेट्न आउँदा महिला पो हुन अध्यक्ष भन्दा हेर्ने दृष्टिकोणमा अलि फरक छ कि जस्तो लाग्छ ।

स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग कत्तिको व्यवस्थित गर्नुभएको छ ?

हामी निर्वाचित भइसके पछि स्थानिय सरकार संचालन ऐनले दिएको अधिकार प्राकृतिक स्रोतसाधनको भर्पुर प्रयोग गर्ने, त्यसको कर संकलन गर्न विषयमालाई मध्यनजर राखेर हाम्रो गाउँकार्यपालिकाको बैठक बाटै निणर्य गरेर गाउँपालिका क्षेत्रका ढुगां, गिटि लगाएत बालुवाको हामीले आइ.ई.ई गराछौँ । जिल्ला समवन्य समितिबाट पास भइसकेपछि त्यसको अनुमानित एक वर्षको ठेक्का निकाल्ने र प्रदेश सरकारले नै पास गरेको क्युफिट अनुसार माग संकलन गरेका छौँ ।

आर्थिक पारदर्शिताका चुनौति के कस्ता छन् ?

आर्थिक पारदर्शिता अहिले सम्म राम्रै छ हाम्रो पालिकामा तर बेरुजु आउँछ । उपभोक्ता समिति मार्फत कुनै योजना निमार्ण गर्दा केहि न केहि कागपत्र छुट्ने गर्छ । स्टमेट अनुसारको काम गर्दा गदै पनि कुनै न कुनै कागजपत्र छुट्ने हुन्छ । त्यसैले पनि बेरुजु निस्किन्छ ।

संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?

प्रदेश सरकारले उपलब्ध गराउने वित्तिय समानीकरण र शर्शत अनुदानका रकम नियम अनुसार पठाइरहेको छ । गाउँकार्यपालिकाले पास गरेको योजना नै सघले पठाउने भएकाले त्यस्तो समस्या छैन । तर संघको एउटा व्यवहार भने अलि फरक लागेको छ । पालिकाको मावितह सम्मको शिक्षकको अधिकार स्थानिय सरकारको भनेको छ तर निणर्य गरेर चाहिँ सघिय सरकारले पठाउने गर्छ । जस्तो बालविकासका शिक्षक तथा अन्य कर्मचारीहरुको तलब बढाउने विषयमा संघले निणर्य गरेको छ । जिल्लाको नौ वटा स्थानिय तह मध्य प्रदेश सरकारको हेर्न दृष्टिकोण हाम्रो गाउँपालिकामा राम्रो छैन । किनभने यहाँ हामीले जति पनि पास गरेका योजना हुन्छ त्यो अनुसार योजना एउटै आउँदैनन् । योजनाहरु उपरै माथि थुपै आउँछन् प्रदेशबाट,गाउँपालिकाले बजेट हालेको योजना मै फेरि प्रदेश सरकारले बजेट हाल्ने गर्छ । प्रदेश सरकारको र स्थानिय सरकारलेको अलिअलि तालमेल नमिलेको छ ।

तपाईले चाहेर पनि गर्न नसकेका काम केही छन् ?

गाउँगाउँमा पुग्ने मोटरबाटो त निमार्ण गरौँ तर त्यो व्यवस्थित गर्न भने सकेका छैनौँ । महिलाहरुलाई बढी भन्दा बढी रोजगारीमा जोड्ने योजना चाहि सय प्रतिशत नै पुरा गर्न सकेनौँ । कोरोनाको कारण युवाहरुलाई पुर्ण रुपमा रोजगारीमा जोड्न हामीले सोचे अनुसार जोड्न सकेनौँ ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

मैले आफ्नो कार्यकालमा सबैलाई चित्त बुभm्ने गरि काम गरेको छु । जनताको आवश्यकता अनुसार काम गरेको अनुभुत भएको छ । त्यसमा केहि काम पुर्ण गर्न बाकीँ छ भने जनताले गाउँपालिकाको कार्यालय आएर जानकारी गराइदिए हामी गर्ने छौँ ।

प्रतिक्रिया