बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा १७ किलोमिटरको सडक उपभोग गर्दा १५ रुपैँया शूल्क, मनलाग्दी कर नउठाऔँ

बिहिवार , आश्विन २१, २०७८

सिन्धुलीमा सडक प्रयोग गरेबापत् मनलाग्दी कर उठाएको भन्दै गुनासो आइरहेको छ । सडक उपभोग दस्तुरको नाममा ठेकेदार कम्पनिले चर्को शूल्क उठाएको भन्दै चालकहरु आक्रोशित भएका छन् । स्थानिय तहले निर्माणनै नगरेको सडक खण्डमा चर्को शूल्क लिनु स्वभाविक देखिदैँन । स्थानिय सरकारले आफ्नो क्षेत्रको स्वामित्व स्वरुप कर उठाउनु जायज हो । तर, चर्को शूल्क लिएर नागरिकको ढाँड सेक्नु अस्वभाविक देखिन्छ । अझ, शूल्क लिएर सडकनै मर्मत नहुँदा नागरिकको करको दुरुपयोग भएको आशंका गर्ने ठाउँ प्रशस्तै छ । स्थानिय तहले लगाएको ठेक्कामा कति शूल्क उठाउने भन्ने तोकिएको हुन्छ । त्यसैल शूल्क वृद्धिमा स्थानिय तहको पनि कमजोरी रहेको बुझ्न सकिन्छ । यतिमात्र नभएर सडक बोर्डले पनि मनलाग्दी शूल्क उठाइरहेको दृश्य देखिरहदा मौन बस्नु शंकास्पद छ ।

तसर्थ, सडकमा हिँडेको कर उठाइनुपर्छ तर मनलाग्दी चर्को शूल्क लिएर नागरिकको ढाँड सेक्ने काममा स्थानिय सरकार, सडक बोर्ड, ठेकेदार कम्पनि लगायत सरोकारवाला निकाय लाग्नुहुदैँन । अतः सिन्धुलीका सडकमा उठाइने पटके शूल्को अनुगमन गरि शुल्क समायोजनमा जिम्मेवार निकायले अग्रसरता देखाउन जरुरी छ ।

प्रतिक्रिया