बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीमा खुकुरी प्रहार गरि लुटपाट

बुधवार , आश्विन २०, २०७८

सिन्धुली– सिन्धुलीमा खुकुरी प्रहार गरि नगद लुटपाट भएको छ । गोलन्जोर गाउँपालिका १ डुडभन्ज्याङका चन्द्र प्रसाद पहाडि र जिवन महत मंगलबार खसी किन्न तिनपाटन गाउँपालिका ६ बालाजोर गइरहेका थिए । माहाभारत जंगल स्थित सिम्ले गुफामा अपरिचित व्यक्तिले आक्रमण गरि साथमा भएको नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

आक्रमणकारीको खुकुरी प्रहारबाट पहाडि घाइते भएका छन् । तिनपाटनका एक अपरिचित व्यक्तिले पहाडि र महतलाई ४० वटा खसी रहेकाले पाँच लाख पैसा लिएर आउनु भनी फोन गरेका थिए ।  उनीहरु खसी किन्न तिनपाटन पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्द थपलियाले बताउनुभयो । खसी किन्न जाने क्रममा बिच बाटो मै केहि अपरिचित व्यक्तिले कुटपिट गरि नगद लुटपाट गरेको उहाँले बताउनुभयो । यस्तै घट्नामा संगलन भएको आशंकामा तिनपाटन गाउँपालका ६ का ४० वर्षिया गणेश राना मगरलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया