शुक्रवार, कार्तिक २७ गते २०८३

Friday 13th November 2026

सिन्धुलीमा मोटसाइकल दुर्घटना, एक जना गम्भिर(भिडियो सहित)

बुधवार , आश्विन २०, २०७८

सिन्धुली– सिन्धुलीमा बुधबार मोटसाइकल दुर्घट्ना भएको छ । कमलामाई नगरपालिका २ चियाबारी स्थित विपि राजमागमा बुधबार साझँ ५ बजेको समयमा सिन्धुलीमाढी तर्फ आउँदै गरेको ज १० प ३१७६ नम्बरको मोटसाइकल आफै अनियन्त्रित भइ सडकको पिल्लरमा ठोक्कि दुर्घट्ना भएको हो । दुर्घटना हुदाँ मोटसाइकलको पछाडि सवार कमलामाई नगरपालिका ६ शान्तिनगरका ५५ वर्षिया रमेश ढकाल सडकबाट ३० मिटर तल खसी घाइते भएका छन् ।

त्यस्तै, मोटसाइकल चालक कमलामाई नगरपालिका ५ का ४५ वर्षिया कुमार खड्का पिल्लरमा ठोक्कि गम्भिर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताउनुभयो । चालक खड्काको अवजस्था गम्भिर रहेको उहाँले जानकारी दिनुभयो । घाइते खड्काको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भइरहेको छ ।

सिन्धुलीको सुन्दर दृश्य...

सम्बन्धित विषय:

प्रतिक्रिया