बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सिन्धुलीको सेल्फि डाँडाको व्यवस्थापनमा ध्यान देऊ

सोमवार , आश्विन १८, २०७८

सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको सेल्फि डाँडाको व्यवस्थापनमा जिम्मेवार निकायको ध्यान नजाँदा सो स्थान जोखिममा रहेको स्थानियले बताएका छन् । सेल्फि डाँडामा तस्बिर खिचाउनैकालागि बाइक तथा सवारीसाधन रोकिने गर्दछ । उक्त स्थानको खालि ठाउँमा गाडी रोकिदा भार पर्ने भन्दै कमलामाई नगरपालिकाले केहि समयअघि त्यहाँका पसलहरु हटाउन चेतावनि दिएको थियो । नगरपालिकाको चेतावनिपछि त्यहाँ रहेका पसल हटाइयो ।

तर, फेरिपनि अहिले उक्त स्थानमा ठेलामा पसलहरु राख्न थालिएको छ । उक्त स्थान स्थानियकालागि राम्रो आयआर्जनको श्रोत बनेपनि नगरपालिकाले हरेक पक्षलाई मध्यनजर गर्दै आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन । नगरपालिकाले त्यहाँ रहेका पसलहरु नहटाएमा अन्य वैकल्पिक उपाय रोज्न जरुरी छ । उक्त स्थानमा कस्ता गाडीहरु रोक्न पाईने भनेर निर्णय गर्नसके सो ठाउँमा भार कम हुनेछ जस्ले गर्दा जोखिम पनि कम हुनेछ । यतिमात्र नभएर सडक दुर्घट्नालाई पनि ख्यालमा राखेर सांकेतिक ट्राफिक बोर्ड राख्न सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

सेल्फि डाँडाबाट देखिने मनोरम दृश्यको देशैभरी चर्चा छ । त्यसैले, सो स्थानमा जोखिम न्युनिकरण गरि व्यवस्थापनमा जोड दिन आवश्यक छ । आयआर्जनको राम्रो श्रोत रहेको भन्दै ठूला गाडीहरु पार्किङ गर्न दिने हो भने घर जलाएर खरानि बेचे सरह हुन्छ । तसर्थ, सेल्फि डाँडाको अहिलेको अवस्थालाई निगरानि गरेर के कस्ता कदम चाल्न सकिन्छ भन्नेतर्फ जिम्मेवार निकायको बेलैमा ध्यान जान जरुरी छ

प्रतिक्रिया