बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सडक बत्तिको मर्मत गर्न कञ्जुस्याईँ नगर

सोमवार , आश्विन ११, २०७८

सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न वडाहरुमा सडक बत्ति नहुदाँ स्थानियलाई रातको समयमा समस्या पर्ने गरेको छ । सडक बत्तिनै नभएर कतै समस्या परेको छ भने कतै मर्मत नहुँदा रातको समयमा अन्धकारमा हिँड्नुपर्ने बाध्यता छ । कनपा ४ र ५ स्थित मिलनचोकमा लामो समयदेखि सडक बत्ति मर्मत नभएपछि स्थानियले बारम्बार नगरपालिकामा गुनासो गर्दा पनि त्यस्को व्यवस्थापन हुन सकिरहेको छैन । आधिकारीक व्यक्ति भन्दा पनि करारमा नियुक्त भएका अनाधिकृत कर्मचारीले टेन्डर लागिसकेको र केहि समयमै सडक बत्ति मर्मत हुने भन्दै आश देखाउने गरेको स्थानियले गुनासो गरेका छन् । सडक बत्ति नहुँदा चोरीका घट्नामा पनि वृद्धि भइरहेको छ । यतिमात्र नभएर रातको समयमा हिड्न समेत समस्या परेको स्थानियले बारम्बार गुनासो गर्दा पनि सम्बन्धित निकाय कानमा तेल हालेर बसेको अवस्था छ ।

मिलनचोकको सडक बत्ति मर्मतमा देखिएको सुस्तता त एउटा उदाहरण मात्र हो । नगरकै मुख्य बजार क्षेत्रमा सडक बत्ति बिग्रीएको महिनौँ भइसक्यो तर मर्मत हुन सकेको छैन । स्थानियले जिम्मेवार निकायलाई उक्त समस्याको बारेमा सम्झाइरहदा पनि मौन बसेको अवस्था छ । ‘काग कराउदैँ गर्छ पिना सुक्दै गर्छ’ भने जस्तै ‘स्थानियले बारम्बार गुनासो गरिरहन्छन् हामी सिन्को पनि बाच्दैँनाँै’ भन्ने दंभ नगरपालिकाले हटाउन जरुरी छ । जिल्लाको कमलामाई नगरभित्र मात्र नभएर अन्य स्थानिय तहमा पनि सडक बत्तिको अवस्था उस्तै छ । तसर्थ, जिल्लाभित्र रहेका सडक बत्तिको अवस्था बुझेर त्यसको मर्मतसंभावरमा स्थानिय सरकारले जोड दिन आवश्यक छ । अतः दशैँमा मात्र सडक बत्तिको मर्मत गर्नुपर्छ भन्ने मानसिकता हटाएर जिम्मेवार निकायले जुन समयमा बत्ति बिग्रन्छ त्यहि समयमा यथाशिघ्र मर्मत गर्नतर्फ लाग्नुपर्छ ।

प्रतिक्रिया