बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जोखिम संरचनालाई नगरअन्दाज नगर

आइतवार , आश्विन १०, २०७८

सिन्धुलीमा पहिरोको जोखिममा रहेका संरचनाहरुप्रति स्थानिय सरकारको अहिले पनि ध्यान जान सकिरहेको छैन । जिल्लाका विभिन्न स्थानिय तहमा पहिरोका कारण भौतिक संरचनाहरु जोखिमपुर्ण अवस्थामा छन् । जोखिममा रहेका विद्यालयबाटै पठनपाठन भइरहेको छ भने जोखिम मोलेरनै जोखिमयुक्त स्थानमा मानिसहरु बसेको अवस्था छ । पहिरोको जोखिममा रहेका वस्ति र स्थानका बारेमा स्थानिय तह लगायत सरोकारवाला निकाय जानकार भएपनि वस्ति स्थानतरणमा ध्यान जान सकिरहेको छैन । देशभरको जिल्लाहरु मध्य सिन्धुलीपनि पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो । मनसुन सक्रिय रहदा पहिरोको त्रास थियो । अहिले भने पहिरोले जोखिम बनाएका भौतिक संरचनाबाट मानविय क्षति हुने भन्ने डर कायमै छ । तसर्थ, जिल्लाका जिम्मेवार निकायले जोखिमयुक्त भौतिक संरचना लगायत स्थानको पहिचान गरि कसरी सुरक्षा दिने भन्नेतर्फ समय खर्चिन आवश्यक छ ।

जिल्लाका विभिन्न ठाउँहरुमा अहिले पनि खोलाको कटानले गर्दा खेतियोग्य जमिन लगायत केहि भौतिक संरचना जोखिममा परेका छन् । ती संरचनाहरुमा रहेको वस्तिको स्थान्तरण गर्नतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान नजाने हो भने मानविय क्षति नहोला भन्न सकिन्न । तसर्थ, स्थानिय सरकार, विपद् व्यवस्थापन समिति लगायत जिम्मेवार निकायले जोखिमयुक्त स्थानको पहिचान गरि सुरक्षा दिनतर्फ गम्भिर भएर आवश्यक कदम चाल्न ढिलाई गर्नुहुदैँन ।

प्रतिक्रिया