बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

जवाफदेहि बन्न किन हिचकिचाहट

बिहिवार , आश्विन ७, २०७८

सिन्धुलीको कमलामाई नगरपालिकाका विभिन्न वडाहरुमा सिद्धेश्वर खानेपानि उपभोक्ता समितिबाट वितरण हुने खानेपानी फोहोर आएको दुई साता बित्न लागिसक्यो । वर्खायाममा पहिरोका कारण फोहोर पानी आउनु स्वभाविक हो । तर, खानेपानि वितरण गर्ने संस्थाले आफ्ना उपभोक्ताहरुलाई के कारणले खानेपानि फोहोर आइरहेको छ भनेर सूचना नदिनु गलत छ । पैसा हुने उपभोक्ताले जारकै पानी किन्ने सामथ्र्य राख्दछन् । तर, जिवनयापन गर्नै मुश्किल हुने उपभोक्ताले एउटा जारको ७०/८० रुपैँया तिरेर पानी किन्ने सामथ्र्य राख्दैनन् । सस्तो मुल्यमा पानी पिउन पाईन्छ भनेर उपभोक्ताहरु सदस्य बनेपनि स्वास्थ्यलाई असर हुने फोहोर पानी खान बाध्य छन् । सिद्धेश्वरले वितरण गरेको उक्त पानी पिउन मिल्ने हो कि होइन, कसरी पिउने लगायतका जानकारी समेत उपभोक्ताले पाइरहेका छैनन् । तसर्थ, खानेपानी वितरण गर्ने संस्थाले उपभोक्तालाई सम्पूर्ण जानकारी दिन हिचकिचाहट गर्नुहुदैँन ।

अफ्ठ्यारो समयमा पनि सिद्धेश्वरले खानेपानी वितरण गर्दै आएको विगतका दिनहरुमा देखिएको छ । तर, अहिले भने उपभोक्ताप्रति संस्था जवाफदेहि नबनेको गुनासो आइरहेको छ । पुर्वाधारले भ्याएसम्म उपभोक्तालाई स्वच्छ खानेपानी वितरण गर्न संस्थाले थप गृहकार्य गर्नुपर्ने देखिन्छ । त्यसैगरि, स्वच्छ पानी आपूर्ति नहुने समयमा उपभोक्तालाई त्यसबारेमा जानकारी दिन कञ्जुस्याईँ गर्नुहुदैँन । अतः सिद्धेश्वर खानेपानी उपभोक्ता समिति आफ्ना सदस्यप्रति जवाफदेहि बन्नुपर्छ ।

प्रतिक्रिया