सिन्धुलीमा गत आर्थिक वर्ष २०७७/०७८ मा सडक दुर्घट्नामा परि ३५ जनाको मृत्यु भएको छ । सो आर्थिक वर्षमा जिल्लामा दुई सय १९ वटा सडक दुर्घट्ना भएका छन् । मानविय त्रुटि, सडकको अवस्था, तिव्र गति, मादक पदार्थ सेवन लगायत विभिन्न कारणले गर्दा जिल्लामा सडक दुर्घट्नामा वृद्धि भइरहेको छ । ट्राफिक नियमको उल्लंघन र सवारीसाधनको संख्या बढिरहेको हुँदा सडक दुर्घट्ना बढेको छ । जिल्लामा सडक सुरक्षाको अवस्था डरलाग्दो छ ।
विपी राजमार्गमा दुर्घट्ना हुने क्रम रोकिएको छैन । त्यसैले, ट्राफिक प्रहरीले सक्रियता देखाउन जरुरी छ । सिन्धुलमिा रहेका तीन राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकहरूमा सञ्चालन हुने सवारी साधनहरूको नियमन गर्न ट्राफिक प्रहरीले थप सक्रियता बढाउन जरुरी छ । जिल्लाभित्र र बाहिर जाने यातायातका धनी, चालक तथा सहचालकहरूलाई सचेतना, साइकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कारबाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम ल्याउन प्रहरीले प्राथमिकता दिनुपर्छ ।
सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे बेलाबखत कार्यक्रमहरु संचालनमा आएपनि प्रभावकारी भएका छैनन् । तसर्थ, सरोकारवाला निकायले सडक दुर्घट्ना न्युनिकरणकालागि विभिन्न कार्यक्रमहरु ल्याउन जरुरी छ । त्यसैगरि, सबै चालक जिम्मेवार भए सवारी दुर्घटनामा ठूलो कमी आउने हुँदा सडकमा निस्कदा सबैजना सचेत हुन आवश्यक छ ।