बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

लापर्वाही नगरौँ, सचेत बनौँ

मंगलवार , भाद्र २२, २०७८

सिन्धुली लगायत देशभर पछिल्लो केहि दिनयता पार्टी प्यालेस, होटल लगाय निजि घरमा भिडभाड बढिरहेको छ । महिलाहरुको महान् चाड हरितालिका तिज आउन केहि दिन बाँकी रहदा दर कार्यक्रमहरु संचालन भइरहेको छ । भिडभाडका कारण कोरोनाको जोखिम पनि बढिरहेको छ । संस्कृति जोगाउनुपर्छ तर अहिलेको परिस्थितिमा ज्यान जोगाउनकालागि सबैले सावधानि अपनाउन जरुरी छ ।

सिन्धुलीका पार्टी प्यालेस, होटल लगायत निजि घरहरुमा महिला दिदिबहिनिहरुको जमघट भइरहेको छ । कोरोनाको जोखिम उत्तिकै रहदा न्युनतम स्वास्थ्य मापदण्ड नै पालना नगरि भड्किलो कार्यक्रमहरु जिल्लामा भइरहेका छन् । कार्यक्रम संचालन हुने स्थानमा पनि न त स्यानिटाईजरको व्यवस्था गरिएको छ न त न्युनतम सावधानि मापदण्डनै अपनाइएको छ । तर, तिजको कार्यक्रमहरु धमाधम भिडभाडमा संचालन भइरहेको छ । वर्षमा एकपटक आउने चाँड खुशीयालि साटासाट गरि मनाईनुपर्छ । तर, कोरोनाको जोखिमका कारण अहिले भौतिक उपस्थितिमा खुशीयालि साटासाट गर्ने अवस्था छैन । तसर्थ, चाडपर्वको नाममा हुने भिडभाड नियन्त्रण गर्न जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ । त्यसैगरि, महिला दिदिबहिनिहरुले पनि कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सावधकानि अपनाउन सचेत हुन जरुरी छ ।

सिन्धुलीमा कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा घटिरहेको छ । तर, कोरोनाको जोखिम भने घटेको छैन । हरेक नागरिक सचेत नहुने हो भने त्यस्ले आगामी दिनमा ठूलो दुर्घट्ना हुने निश्चित प्रायः छ । तसर्थ, सबै नागरिकले मास्क, स्यानिटाईजर, भौतिक दुरी लगायत न्युनतम स्वास्थ्य मापदण्ड अपनाउनुपर्छ ।

प्रतिक्रिया